बुधवार, असोज ३०, २०८१
Sancharmanch

सरकारी सवारी चालक एसोसिएशन नेपाल झापाले स्वर्गीय राजुमान लिम्बुको परिवारलाई आर्थिक सहयोग गर्यो

शनिवार, असार २९, २०८१
बिर्तामोड, २९ असार / सरकारी सवारी चालक एसोसिएशन नेपाल झापाले बिर्तामोड ५ का स्वर्गीय राजुमान लिम्बुको परिवारलाई आर्थिक सहयोग गरेको छ । असार २१ गते उपचारका क्रममा निधन भएका बिर्तामोड नगरपालिकाका जेसिभी चालक लिम्बुको परिवारलाई नगद ७० हजार रुपैयाँसहित दाल, चिनी, साबुनलगायत खाद्यन्न सहयोग गरेको हो । एसोसिएशन झापाका उपाध्यक्ष पवन राजवंशी, महासचिव खेमराज नेपालसहितको टोली स्वर्गीय लिम्बुको घरमा पुगेर समवेदना प्रकट गर्नुका साथै उनकी श्रीमती रिना लाओती ( मगर)लाई सहयोग हस्तान्तरण गरेको हो । एसोसिएशनले बिर्तामोड, दमक, अर्जुनधारा, झापा, गौरादह, मेचीनगर, कमल, भद्रपुर, शिवसताक्षीबाट संकलन गरिएको रकम सहयोग गरीएको संस्थाका महासचिब नेपालले जानकारी दिनुभयो ।
सम्बन्धित खबर