बुधवार, असोज ३०, २०८१
Sancharmanch

कृषि यान्त्रिकरणमा कृषकलाइ सहयोग गर्दै बुद्धशान्ति गाउँपालिका

मङ्गलवार, असार २५, २०८१
झापा / बुद्धशान्ति गाउँपालिका झापाले कृषकहरुलाई व्यवसायिक कृषि तर्फ आकर्षित गराउनको लागि आधुनिक कृषि सामाग्री वितरण गरेको छ । बुद्धशान्ति गाउँपालिका कृषि विकास साखा मार्फत मंगलबार कृषकहरूलाई सामग्री हस्तान्तरण गरेको हो । चालु आर्थिक वर्ष २०८०/0८१ मा भुमि व्यवस्था कृषि तथा सहकारि मन्त्रालय मार्फत प्राप्त २० लाख बजेट मार्फत कृषकहरूलाई ५० प्रतिसत अनुदानमा कुल ४० लाख बराबरका सामाग्री वितरण गरिएको हो । कृषि क्षेत्रमा अब परम्परागत तरिकाले भन्दा पनि आधुनिक कृषि यान्त्रिकरणको प्रयोगले मात्र सफल हुन सकिने भन्दै त्यस तर्फ गाउँपालिकाले कदम चालेको गाउँपालिका अध्यक्ष मनोज प्रसाईले बताउनुभयो । कृषिमा समृद्धि ल्याउन उत्पादनमा जोड दिनुपर्ने भन्दै पालिकाले कृषि उपज उत्पादनमा लागेका किसानहरूलाई आधुनिक कृषि उपकरण वितरण गरिएको छ । पालिकाले बितरण गरेको कृषि सामाग्रीहरु लगेर कोहि कसैले पनि दुरुपयोग नगर्न आगर्ह गर्दै, अनुगमनका क्रममा बितरण गरिएको सामाग्री कोहि कसैले दुरुपयोग गरेको थाहा पाईएमा कार्वाही समेत गरिने बुद्धशान्ति गाउँपालिका वडा नं १ अध्यक्ष साथै आर्थिक विकास समितिका संयोजक अनिल वाग्लेले बताउनु भयो । गाउँपालिका वाट कृषकहरुलाई आवेदन माग गरिए अनसार परेका निवेदन मध्ये वाट छनौटमा परेका कृषकहरू लाई अनुदान सहुलियतमा मिनिटिलर २६ थान / कम्वाइन मिल २८ थान मकै छोडाउने मेसिन १६ थान / साथै मरिच टिप्ने भर्याङ २३ थान सामग्री हस्तान्तरण गरिएको कृषि विकाश शाखा प्रमुख अर्जुन पौडेलले बताउनु भयो । बुद्धशान्ति गाउँपालिका प्रमुख सशासकिय अधिकृत विनोद पोख्रेल कृषि शाखा प्राविधिक कृष्ण प्रसाद ढुङगेल,पशुपन्छि विकास शाखा प्रमुख कैलास सिह लगायतको उपस्थितिमा मंगलबार कृषकहरूलाई उक्त सामान हस्तान्तरण गरिएको थियो । कृषि आधुनिकिकरणका लागि बुद्धशान्ति गाउँपालिकावाट सञ्चालन गरेका कार्यक्रमहरुले कृषकहरुले राहत महसुस गरेका छन् ।
सम्बन्धित खबर