बुधवार, असोज ३०, २०८१
Sancharmanch

बिर्तामोड खानेपानी संस्थाले सभामुखलाई बुझायो खानेपानी आयोजनाको फाइल

बिहिवार, असार २०, २०८१
झापा/ बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले प्रतिनिधी सभाका सभामुख देवराज घिमिरेलाई खानेपानी आयोजना सञ्चालनका लागि अत्यावश्यक सामग्रीको माग सहितको फाइल बुझाएको छ । बिहिवार बिर्तामोड स्थित खानेपानीको कार्यालय निरिक्षणको कार्यक्रममा संस्थाका अध्यक्ष मेघराज बाँस्तोलाले बिर्तामोड बासीलाई आवश्यक पिउने पानी वितरणका लागि अत्यावश्यक सामग्रीहरुको माग गर्दै उक्त फाइल सभामुख समक्ष पेश गर्नु भएको हो । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले अर्जुनधारा नगरपालिकाको केहि भुभाग सहित बिर्तामोड नगरपवालिकामा शुद्ध पिउने पानीको आपूर्ती गर्दै आएको छ । स्थानीय सरकार द्वारा सञ्चालन हुने विभिन्न आयोजनाहरुको काम गर्दा बिना जानकारी पाइप लाइनमा क्षति पुर्याउदा संस्थाले ठुलो आर्थिकभार ब्यहोर्नु परिरहेको बताउँदै आफ्नो निर्वाचन क्षेत्र पनि भएका कारण संस्थालाई आफ्नो तर्फ वाट हुन सक्ने सहयोग समेत गर्ने सभामुख देवराज घिमिरेले बताउनु भयो । सभामुख घिमिरेको स्वागतका लागि बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मेघराज वाँस्तोला, उपाध्यक्ष शैलेन्द्र सिटौला, सचिव पारसमणी मैनाली, कोषाध्यक्ष शारदा रिजाल, सदस्यहरु आनन्द गुरुङ, बालादेवी खरेल, कमला अग्रवाल, मायाँदेवी प्रधान लगायत कार्यसमितिका पदाधिकारी, कर्मचारी, विर्तामोड नगरपालिका नगर प्रमुख पवित्रा महतरा प्रसाई, उप प्रमुख नगेन्द्र प्रसाद संग्रौला, समाजसेवी चन्द्र सुवेदी (सेडाई) साथै स्थानीय बुद्धिजिवि लगायतको उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर