बुधवार, असोज ३०, २०८१
Sancharmanch

काठमाण्डौँ कागेश्वरी मनोहरका २९ जनालाई गोपाल गौरीले झोला बनाउन सिकायो

सोमवार, असार १७, २०८१
प्रतिक अर्याल, काठमाण्डौ/ काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ५ मा गोपाल गौरी दिगो विकास प्रतिष्ठानले झोला बनाउने तालिम समापन गरेको छ । प्रतिष्ठानले वडाका २९ जना महिलाहरुलाई लाई झोला बनाउने तालिम सञ्चालन गरेको थियोे । तालिममा बिहानी सत्रको कक्षाकी सहभागी स्थानिय पवित्रा अधिकारीले प्रशिक्षकले मिहेनतकासाथ सिकाएको बताउँदै मेसिन चलाउन नजान्नेलाई समेत सिकाउँदै सम्पूर्ण कच्चा पदार्थको प्रयाप्त रुपमा प्राप्त भएको बताउनुभयो । वडा नं. ५ को रु २ लाख लगानीमा तालिम सञ्चालन भएको बताइएको छ । दिवा सत्रको कक्षामा सहभागी मिना गौतमले महिला दिदि वहिनीहरुका लागि तालिम सञ्चालन भएकोमा धन्यवाद दिदै सटिफिकेट सिरानीमा राखेर नबस्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । स्वरोजगार बनाउने उदेश्यले आयोजना गरिएको तालिमलाई प्रशिक्षर्थीले व्यवहारमा उतार्न सकेको खण्डमा यस वाट राम्रो आर्थिक उपार्जन हुने देखिएको छ । स्वदेशमा स्वरोजगार बन्नका लागि र विदेश जानको लागि पनि तालिम उपयोगी हुने हुँदा सहभागीलाई दक्षता हासिल गर्न तालिम कोषे ढुङ्गा सावित हुनेछ । सिप सिक्न आउने महिलाहरु कार्यक्रमले तोके भन्दा पनी वढी सहभागी हुँदा गोपाल गौरीले झर्को नमानी सिकाएकोमा वडा सदस्य तथा कार्यपालीका सदस्य गोमा रोक्काले प्रतिष्ठानकी अध्यक्ष इन्दिरा शर्मालाई धन्यवाद दिनुभयो । नेपालमा स्किलयुक्त मेनपावरको अभाव दिनानुदिन वढिरहेको छ । यस सन्दर्भमा गोपाल गारी दिगो विकास प्रतिष्ठानले जिवन उपयोगी शिप सिक्न मन लगाउने महिलाहरुका लागि तालिम सञ्चालन गर्दै नेपालमा शीपको कमी हुन नदिन प्रयास गरिरहेको छ । वडाले सञ्चालन गरेको तालिमको रिजल्ट हेर्दै सहयोगका कार्यक्रमको आयोजना गरीने कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ५ का अध्यक्ष शंकर पाण्डेले बताउनुभयो । गोपालगौरी दिगो विकास प्रतिष्ठानकी बरिष्ठ प्रशिक्षक उमादेवी शिवाकोटीले ३० दिन सम्म प्रदान गर्ने शिपमा महिलाहरुले विभिन्न आइटमका गुणस्तरिय ब्यागहरु निर्माण गर्न सक्ने बनाइएकोे छ । १ महिनासम्म २७ जना सहभागिकासाथ सिकाइ उपलब्धीमुलक भएको बताउँदै प्रशिक्षक उमादेवी सिवाकोटीले सम्पूर्ण सहभागीहरुले तालिमको अवधीमा समय पूर्ण रुपमा प्रदान गरेको बताउनुभयो । ज्ञान र शिपलाई प्राथमिकता दिन वडा कार्यालयको वार्षिक कार्यक्रम भित्र शीप मुलक कार्यक्रम समावेश गर्दै वडा नं. ५ ले सञ्चालन गरेको झोला बनाउने तालिमले परिणम दिन सक्ने देखिएको छ । कागेश्वरी मनोहरा नगरपालिका प्रमुख प्रसाशकीय अधिकृत शागर मिश्रले एड्भान्स तालिम सञ्चालन गर्नका लागि नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । तालिम २ ग्रुपमा विभाजन गरेर सञ्चालन गरिएको थियो । विहान १० वजे देखी दिउसो १ वजे सम्म पहिलो सेसनको तालिम सञ्चालन भएको थियो भने दोश्रो सेसनको लागि १ वजे देखी तालिम सञ्चालन गरिएको थियो । गोपाल गौरी दिगो विकास प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष इन्दिरा शर्माले थप शीप प्रदान गर्नका लागि आफ्नो समेत प्रयास रहने जानकारी दिनुभयो । तालिममा अनुसासित भएर सिक्नु भएकोमा धन्यवाद दिदै निरन्तरता दिनुहुने सहभागीलाई अध्यक्ष शर्माले धन्यवाद समेत दिनुभयो । गोपाल गौरी दिगो विकास प्रतिष्ठानले प्रदान गरेको शीप एउटा थालनी भएको बताउँदै समाजको उदाहरणको रुपमा गोपाल गौरी दिगो विकास प्रतिष्ठानकी अध्यक्ष इन्दिरा शर्माको योगदान एउटा प्रेरणको श्रोतको रुपमा लिनुपर्ने नगर उप प्रमुख शान्ता थापाले बताउनुभयो । गोपाल गौरी दिगो विकास प्रतिष्ठानले शीप प्रदान गर्दै समाज रुपान्तरणका लागि देशै भरका स्थानिय पालिकाहरुसँग सहकार्य गरिरहेको छ । शीप प्रदान गर्नु मात्र ठुलो कुरा होइन यसको गुणस्तर र ब्यवहारीक ज्ञानको महत्व भने बढि हुनुपर्ने संकल्पकासाथ गोपाल गौरीले आफ्ना कदमहरु रफ्तारमा अगाडि वढाइरहेको छ ।
सम्बन्धित खबर