बुधवार, असोज ३०, २०८१
Sancharmanch

वडा अध्यक्ष मनोज खुलालसहितको टिम पशु विमा गर्न टोल टोलमा /कृषकहरु हर्षित

बिहिवार, असार १३, २०८१
झापा/ झापाको शिवसताक्षी नगरपालिका वडा नं. ६ ले विगत ४ वर्ष देखी निशुल्क पशु विमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । आर्थिक वर्ष २०७७/०७८ देखी निरन्तर रुपमा वडाले प्राप्त गरेको बजेट सिलिङ मार्फत निरन्तर पशु विमा कार्यक्रम सञ्चालन हुदै आएको हो । शिवसताक्षी नगरपालिका वडा नं. ६ ठग बस्तिकी रामकुमारी राजबंशीले विमा गर्नका लागि आफुले पैसा नतिरेपनी गाई मर्दा आफुले घरमै पैसा पाएकोमा खुशी ब्यक्त गर्नुभयो । वडा कार्यालय वाट सञ्चालन भएको पशु विमा कार्यक्रमले नागरिकको जनजिविकामा प्रत्यक्ष रुपमा सम्बोधन गरेको छ । शिवसताक्षी नगरपालिका वडा नं. ६ की रामवती राजबंशीले पनि निशुल्क विमा गरेको गाई मरेपछी विमामा उल्लेख भएको रकम प्राप्त गरेको बताउँदैे त्यस वाट अर्को गाई किनेर ल्याएको बताउनुभयो । विमा कार्यक्रम प्रभावकारी हुनुमा पनी स्थानिय पशु प्राविधिक प्रेम पौडेलको महत्वपूर्ण भुमिका रहेको छ । विमा गरेका पशुहरु मरेको खण्डमा सम्पूर्ण कागजी प्रकृयाका लागि कृषकले कुनै झन्जट ब्यहोर्नु नपर्ने गरीवडाले गरेको सम्झौता अनुसार ‘एनएलजी इन्स्योरेन्स’ कम्पनी विर्तामोडका बरिष्ट अधिकृत लक्ष्मी नेपालको सहयोगमा विमा कार्यक्रमका लागि साना कृषक त्यसमा पनी आदिवासी जनजाती बढी लाभान्वित हुने गरेको अभिकर्ता प्रेम बहादुर पौडेलले बताउनुभयो । शिवसताक्षी नगरपालिका वडा नं. ६ मा कृषकहरुको बाहुल्यता रहेको छ । त्यसैले प्राय नागरिकहरुको घरमा एक वटा देखी वढिकै संख्यामा पशु पालन गरिएको छ । जस कुरालाई मध्यनजर गर्दै आम कृषकहरुको समस्या समाधानका लागि वडा वाट विमा कार्यक्रम लागु गरिएको वडा सदस्य साथै कार्यपालीका सदस्य गोमा रिजालले बताउनुभयो । शिवसताक्षी नगरपालिका वडा नं. ६ मा पशु विमा कार्यक्रम वडावासी आम नागरिकको लगानी सुनिश्चित गर्न सानो तर परिणममुखी कार्यक्रम बनेको छ । प्रत्यक्ष नागरिकसँग जोडिएको कार्यक्रम सञ्चालन गरेर नागरिकको आर्थिक पक्ष बलियो पर्ने अठोटकासाथ कार्यक्रम बार्षिक रुपमा सञ्चालन गरेको वडा अध्यक्ष मनोज खुलालले बताउनुभयो । विमा कार्यक्रम सञ्चालनको लागि वडा वाटै हरेक वर्ष एक लाख ५० हजार बजेट विनियोजन हुँदै आएको बताइएको छ । तर चालुु आर्थिक वर्ष २०८०/०८१ का लागि भने ७५ हजार बजेट ब्यवस्थापन गरेर कार्यक्रम सञ्चालन भएको थियो । यसै आर्थिक पर्षमा मात्र विमा गरेका ८ वटा गाईहरु मरेका छन् । जस मार्फत ४ लाख ४१ हजार रकम कृषकले विमा कम्पनी मार्फत प्राप्त गरिसकेकाछन् । हाल स्थानिय पालिकाहरुले चास पैसाको काम सम्पन्न गर्दै गर्दा एक रुपैयाँ बराबरको हल्ला हुने गरेको पाईन्छ । तर शिवसताक्षी नगरपालिका वडा नं. ६ का अध्यक्ष मनोज खुलाल कार्कीले भने प्रत्यक्ष नागरिकको दैनिकी देखी जनजिविकामा सकारात्मक प्रभाव पर्ने प्रकृतिका कार्यक्रम सञ्चालनलाई प्राथमीकता दिनुभएको छ । सदैव सालिन अनि भद्र देखीने वडा अध्यक्षका हरेक सामाजिक विकासका कार्यक्रम चुपचाप रुपमा विना हल्ला सञ्चालन हुने गरेकाछन् । आफ्नै वडामा कृषि थोक वजार निर्माण गर्न सफल वडा अध्यक्ष खुललाले नगर अस्पताल साथै नगरकै एक मात्र नमुना विद्यालय स्थापना गर्न समेत सफल हुनु भएको छ ।  
सम्बन्धित खबर