बुधवार, असोज ३०, २०८१
Sancharmanch

नयाँ दलले पुराना राजनीतिक दलहरुलाई सम्मान गरेनन्ः प्रधानमन्त्री

शुक्रवार, असार ७, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ राजनीतिक दलहरुले पुराना राजनीतिक दलहरुलाई सम्मान गर्न नसकेको बताएका छन । आज काठमाडौंमा नेपाल बुद्धिजीवि संगठनको छैटौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालमा राजनीतिक दल र पार्टीहरु दशकौँको संघर्ष र बलिदानपछि लोकतान्त्रिक गणतन्त्रको युगमा नेपाललाई प्रवेश गराएको कुरालाई बिर्सिएर नयाँ राजनीतिक दलहरुले पुराना दललाई अपमान गरिरहेको आरोप लगाएका हुन । प्रधानमन्त्री दाहालले पुराना दलहरुको प्रशंसा गर्नुपर्ने ठाउँमा नयाँ राजनीतिक दलहरुले आफूलाई जन्मदिने आमाबुबालाई अपमान गरेझैँ पुराना दलहरुको अपमान गरिरहेको बताए । प्रधानमन्त्री दाहालले पुराना राजनीतिक दलकै कारण आफू अहिले यो अवस्थामा आइपुगेको हुँ भन्ने हेक्का नयाँ राजनीतिक दलहरुले राख्न जरुरी रहेको बताएका हुन । नयाँ राजनीतिक दलहरुले बोल्दा हेक्का राखेर बोल्नुपर्ने उनको भनाइ थियो ।प्रधानमन्त्री दाहालले नेपाली काँग्रेस, नेकपा एमाले लगायतका राजनीतिक दलभित्रका समस्या पनि आफूले सम्बोधन गर्नेगरी काम गरिरहेको जिकिर गरे । जीवनको उत्तराद्र्धतिर पनि आफू जनयुद्धकालको भन्दा बढी खटेर काम गरिरहेको उनको भनाइ थियो । अहिलेको भन्दा जनयुद्धमा आफ्नो जीवन सरल रहेको पनि प्रधानमन्त्री दाहालले उल्लेख गरे ।।
सम्बन्धित खबर