बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

बागमतीको रायमाझी चोकमा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु

बिहिवार, असार ६, २०८१
बागमती, ०६ असार/ पूर्व पश्चिम राजमार्ग अन्तर्गत बागमती नगरपालिका–१ रायमाझी चोकमा आज बिहान यात्रुबाहक बस र भारतीय मालबाहक ट्रक ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ७ जना घाइते भएका छन् । आज बिहान साँढे ६ बजेतिर बागमती नगरपालिका १ रायमाझी चोकमा भैरहवाबाट जनकपुर आउँदै गरेको लु १ ख ८८४८ नम्वरको बस र सडक किनारमा रोकिराखेको एन एल ०११ ए एस ९२५२ नम्वरको भारतीय मालबाहक ट्रक ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा रुपन्देहीका दर्शक कुँवर, रामकरण केबट र हरिबहादुर चौधरी रहेका छन् । घाइतेलाई प्रहरीले उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल लगिरहेको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक श्रेष्ठले बताए । घटनास्थलमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
सम्बन्धित खबर