बुधवार, असोज ३०, २०८१
Sancharmanch

विश्व रक्तदान दिवसको अवसरमा विरता जेसिजले आयोजना गर्यो बृहत रक्तदान कार्यक्रम

शुक्रवार, जेठ ३२, २०८१
झापा / विरता जेसिजको आयोजनामा बृहत रक्तदान कार्यक्रमको आयोजना भएको छ । विश्व रक्तदान दिवसको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको विरता जेसिज वर्ष सन् २०२४ का महासचिव जेसि सुमन पोद्धारले जानकारी दिनुभयो । हरेक बर्ष जुन १४ तारिकका दिन विश्व रक्तदान दिवस मनाइदै आएको छ । विरता जेसिज वर्ष सन् २०२४ का अध्यक्ष जेसि विकास बस्नेतको अध्यक्षता रहेको कार्यक्रममा विरता जेसिज वर्ष सन् १९८९ का अध्यक्ष जेसि राजकुमार पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पनन भएको थियो । रक्तदान कार्यक्रममा विर्तामोड नगरपालिका वडा नं. ३ का अध्यक्ष मदन बुढाथोकी र वडा नं. ५ का अध्यक्ष रोहित प्रसाई, विर्तामोड साना शहरी खानेपानी तथा सरसफार्य उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बाँस्तोलाको गरिमामय उपस्थिति रहेको थियो । कार्यक्रममा इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रकाश विष्ट, जिल्ला ट्राफिक कार्यालय झापाका प्रमुख नवराज न्यौपाने, नेपाल रेडक्रस सोसाइटी विर्तामोडका सभापती मनोज अग्रवाल, नेपाल औषधी ब्यवसाही संघका झापा जिल्ला अध्यक्ष जिवन कुमार खड्का लगायतको उपस्थिति रहेको थियो । विरता जेसिज बर्ष सन् २०२४ का सदस्य जेसि वसन्त ढकालले सम्योजन गर्नु भएको कार्यक्रम महासचिव जेसि सुमन पोद्धारले सञ्चालन गर्नु भएको थियो । सहयोगी संस्थाहरुमा बिर्तामोड नगर अस्पताल, युनाइटेड युथ क्लब, रोट्रयाक क्ल्ब अफ बिर्तामोड , मनकामना वैभरेज, वान स्टोप महल रहेको महासचिव जेसि सुमन पेद्धारले जानकारी दिनु भयो । उहाँले सम्पूर्ण सहयोगी मनहरुलाई धन्यवाद दिनुभयो ।
सम्बन्धित खबर