बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

बुद्धशान्ति वडा नं. ६ ले योजना तर्जुमाको पूर्व सन्ध्यामा युवाहरुको सुझाव संकलन गर्यो ।

शुक्रवार, जेठ ३२, २०८१
झापा/ बुद्धशान्ति गाउँपालिका वडा नम्बर ६ले आर्थिक वर्ष २०८१/०८२ का लागि योजना छनोट गर्न युवाहरूको धारणा लिएको छ । जिल्लामै पहिलो पटक आयोजना गरिएको कार्यक्रम बाट सहि योजना छनौट गर्दै सर्व पक्षिय योजना सञ्चालन गर्ने उध्यश्य अनुरुप कार्यक्रमको आयोजना गरिएको बताइएको छ । स्वागत मन्तव्य राख्ने क्रममा वडा सदस्य प्रमिला परियारले युवाहरूको धारणा र विचारलाई सम्बोधन गर्दै युवाहरूका आवश्यकताका आधारमा योजना तर्जुमा गर्न कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै वडा अध्यक्ष शिवराज पौडेलले वडाको भावी विकासलाई परिणाममुखी बनाउँदै सम्पूर्ण क्षेत्रले अपनत्व ग्रहण गर्ने गरी सञ्चालन गर्नका लागि कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । दलीय शासन प्रणाली भएको देशमा सम्पूर्ण दलका प्रतिनिधिहरूको भूमिका सकारात्मक तवरले निर्वाह गर्नुपर्ने परिस्थिति सिर्जना भएको वडा अध्यक्ष पौडेल पौडेलले बताउनुभयो । जनतामा निराशा हुन नदिनका लागि हरेक वर्ष सञ्चालन गरिने नीति कार्यक्रम तथा योजनाहरूमा सम्पूर्ण क्षेत्रको सहभागिता रहनुपर्नेमा अध्यक्ष पौडेलले जोड दिनुभयो । बुद्धशान्ति गाउँपालिका वडा नं. ६ मा योजना तर्जुमाको पूर्व सन्ध्यामा आयोजना गरिएको कार्यक्रमबाट युवाहरुको चाहना अनुरुपका योजना तथा कार्यक्रम निर्माण हुने देखिएको छ । जस्ले योजना सञ्चालनमा मात्र हैन वडा भित्र सञ्चालन हुने हरेक गतिविधीहरु प्रभावकारी हुने देखिएका छन । कार्यक्रममा स्थानिय नवराज अधिकारी, स्थानिय, मोति बस्नेत, गिता प्रसाद अधिकारी, कृष्ण आचार्य, तुलसिराम पौडेल, नवराज अधिकारी, दिपक गौतम, खगेन्द्र प्रसाद दाहाल, दिलमाया पौडेल, देवेन्द्र भट्टराई, प्रमोद खतिवडा, अर्जुन अधिकारी, पदम प्रसाद पोख्रेल, स्थानिय, रमेश अधिकारी, हर्क लिम्बु लगायतले योजना तर्जुमाको लागि सुझाव दिनुभएको थियो । योजना तर्जुमा गर्दा हरेक टोलमा गएका योजनाहरु सञ्चालन गर्नका लागि स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु समेतको सहभागिता रहनुपर्ने धारणा सहित युवाहरुले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रभावकारी बनाउनुपर्नेमा कार्यक्रममा स्थानीय बुद्धिजीवी समाजसेवी राजनीतिक दलका प्रतिनिधिहरु वडा सदस्यहरु र स्थानीय युवा तथा आम नागरिकहरूको उपस्थिति रहेको थियो । आर्थिक वर्ष २०८१र०८२ का लागि गाउँपालिका वाट ६७ लाखको बजेट सिलिङ प्राप्त भएको बताइएको छ । कार्यक्रममा उठेका सवालहरुलाई लिपि वद्ध गर्दै आगामि कार्यक्रममा प्राथमिकिकरण गरेर समावेश गर्ने वडा सचिव प्रकाश तामाङले बताउनुभयो । वडा नं. ६ की सदस्य प्रमिला परियार ले स्वागत गर्नु भएको कार्यक्रम वडा अध्यक्ष शिवराज पौडेल अध्यक्षता गर्नु भएको थियो । कार्यपालिका सदस्य दिनेश लेप्चाले सञ्चालन गर्नु भएको कार्यक्रममा निवर्तमान वडा अध्यक्ष सम्भु प्रसाद पौडेलले सुझाव दिनु भएको थियो ।  
सम्बन्धित खबर