बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

बुद्धशान्ति उद्योग बाणिज्य संघको निर्वाचनमा चारै जनाको सानदार जित, ब्यवसायीले पत्याएनन् मनोरथ तिवारीलाई

सोमवार, जेठ २८, २०८१
झापा / बुद्धशान्ति उद्योग बाणिज्य संघको सोमबार भएको निर्वाचनमा संयुक्त ब्यवसायीहरुका तर्फ वाट सदस्य पदका लागि उमेदवारी दिएका चारै जनाले सानदार विजय हाँसिल गर्नुभएको छ । विगत लोमो समय देखी बुद्धशान्ति गाउँपालिकामा ब्यवसाय सञ्चालन गर्दै आउनु भएका मदन कुमार भट्टराई, रामलाल कोइराला, श्रीलाल रसाइली र चन्द्र कुमार कटुवाल चुनावी मैदानमा रहनु भएको थियो । बाणिज्य संघका जम्मा ४ सय चौरासी मतदाता मध्ये ४०९ मत खसेको थियो । जसमा मदन कुमार भट्टराईले २ सय ९४ मत सहित विजय हाँसिल गर्नु भएको छ भने, रामलाल कोइरालाले ३ सय १३ मतसहित विजयी हुनुभएको छ । त्यस्तै श्रीलाल रसाइलीले २ सय ६४ मत सहित विजय हाँसिल गर्दै गर्दा चन्द्र कुमार कटुवालले १ सय ८५ मत सहित विजय हाँसिल गर्नु भएको छ । चारै जना उमेरवारका प्रतिद्वन्दी मनोरथ तिवारीले भने १ सय ७९ मतमा चित्त बुझाउनु पर्यो । ४०९ मत खसेका मत मध्ये ६ मत बदर भएको बताइएको छ । चारैजनाका प्रतिद्वाधीको रुपमा रहनुभएका नमुना विद्यालय बुद्ध आदर्श मावि बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष समेत रहनु भएका स्वतन्त्र उमेदवार मनोरथ तिवारीलाई बुद्धशान्तिका ब्यवसायीहरुले बिश्वास गर्न नसकेको देखीएको छ । कार्यसमितिका अध्यक्ष सहित ९ जना भने यस अघिनै निर्विरोध निर्वाचित हुनुभएको छ । निर्वाचन समितिको जेठ २४ गतेको निर्णय अनुसार बुद्धशान्ति उद्योग वाणिज्य संघका लागि अध्यक्ष पदका लागि दिपक सापकोटा, उद्योग उपाध्यक्ष दुर्गा प्रसाद कुईकेल, वाणिज्य उपाध्यक्षमा उमाराज ढकाल, महासचिवमा लक्ष्मी प्रसाद उप्रेती, उद्योग सचिवमा हेमन्त राज बराल, वाण्ज्यि सचिवमा ज्ञानु थापा, कोषाध्यक्ष ओम प्रकास वास्तोला, दुइजना महिला सदस्यहरुमा ललीता गौतम र टिका देवी चौलागाई निर्विरोध निर्वाचित हुनु भएको छ ।  
सम्बन्धित खबर