बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

सामुदायीक विद्यालयमा निशुल्क हाउस ड्रेस वितरण गर्दै अध्यक्ष भिष्म मिश्र ।

बिहिवार, जेठ १७, २०८१
झापा/ झापाको अर्जुनधारा नगरपालिका वडा नं. ९ मा रहेको श्री आधारभुत विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई हाउस ड्रेस बितरण गरिएको छ । वडा नं. ९ को बार्षिक कार्यक्रम मार्फ बक्षा १ देखी ५ सम्मका विद्यार्थिलाई निशुल्क पोषाक वितरण गरिएको हो । वडा कार्यालयले पिटिको हाउस ड्रेस वितरण भएको बताउँदै आगामी दिनमा पनि सहयोग प्राप्त हुने बिद्यालयकी प्रधानाध्यापक सुजाता सिवाकोटीले बिश्वास ब्यक्त गर्नुभयो । विपन्न परिवारका बालबालिकाहरुलाई अध्ययनमा सहज होस भनि वडा कार्यालयले कपडा बितरण गरेको जनाएको छ । श्री आधारभुत विद्यालय सानो क्षेत्रफलमा रहेको भवन वाट सञ्चालनको सुरुवात भएको बताउँदै शुभदिपावलीको अवसरमा देउसी खेलेर जम्मा भएको रकम वाट जमिन खरिद गरेर क्षेत्रफल बृद्धि गरेको समाजसेवी तथा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जितेस योन्जनले बताउनुभयो । विद्यालयको स्तर बृद्धिको लागि केहि रकम वडा कार्यालयले नगर वाट प्राप्त गरेको बजेट सिलिङ मार्फत कार्यक्रम सञ्चालन गरेको बताइएको छ । वडा कार्यालयको बार्षिक कार्यक्रममा विद्यालयलाई सामग्री वितरण गर्ने शिर्षक राखेर पोषाक वितरण गरिएको वडा नं. ९ का अध्यक्ष भिष्म मिश्रले बताउनुभयो । २०४५ सालमा स्थापित श्री आधारभुत विद्यालयमा झट्ट पुग्दा निजि बिद्यालयको आभाष हुन्छ । उर्जावान विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जितेस योञ्जनको योजना साथै कर्मशील शिक्षक शिक्षीकाहरुको अथक प्रयासमा अगाडि वढेको छ । तर नगरका अन्य सामुदायिक विद्यालयहरुमा नगरपालिकाको लगानी भए सरह कमै योजना प्राप्त नगरेको अनुभुति हुने गरी विद्यालयको घेरावाराको अधुरो योजनाले गिज्याइरहेको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जितेस योञ्जनको अध्यक्षता रहेको कार्यक्रममा अर्जुनधारा नगरपालिका वडा नं. ९ का अध्यक्ष भिष्म मिश्रको प्रमुख आतिथ्यता रहेको थियो । विद्यालयका शिक्षिका कल्पना दाहालले स्वागत गर्नु भएको कार्यक्रम शिक्षक बालकृष्ण नेपालले सञ्चालन गर्नु भएको थियो ।
सम्बन्धित खबर