बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

नेपाल जेसीजको क्षेत्र “क” अध्यक्ष सम्मेलन २०२४ बुद्धशान्तिमा आयोजना हुने

बुधवार, जेठ ९, २०८१
झापा/ झापाको बुद्धशान्तिमा नेपाल जेसीजको क्षेत्र “क” अध्यक्ष सम्मेलन २०२४ आयोजना हुने भएको छ । नेपाल जेसीजको आयोजना र बुधबारे जेसीजको सम्योजनमा जेठ १२ गते सम्मेलन हुन लागेको हो । सोमबार बुधबारे जेसीजले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी सम्मेलन आयोजना गरिने जानकारी दिएको छ । एक दिवसिय सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको बताउदै बुधबारे जेसीजका अध्यक्ष दुर्योधन सिंह देवले सम्मेलनले १८ वर्षदेखि ४० वर्षमुनिका युवालाई सकारात्मक सन्देशका साथ नेतृत्व तथा व्यक्तित्व विकासमा टेवा पुग्ने बताउनु भयो सम्मेलनमा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष लगायत अन्य राष्ट्रिय पदाधिकारीहरु, क्षेत्र ‘क’ अन्तर्गतका ४३ शाखा अध्यक्ष तथा जेसीज सदस्यहरु गरी १५० बढीको सहभागीता रहने सम्मेलनमा क्षेत्र ‘क’ अन्तर्गतका शाखा अध्यक्षहरुको बैठक, क्षमता विकासका तालिम, स्थानीय पर्यटकिय क्षेत्रको भ्रमण, स्थानीय उत्पादन प्रर्वधन, बुद्धशान्ति गाउँपालिका भित्रका मैलिक सामाग्रीहरुको पर्दशनी, सास्कृतिक झाँकी लगायत विभिन्न रचनात्मक क्रियाकलापहरु संचालन हुने बुधबारे जेसीजका पूर्व अध्यक्ष साथै वडा नं. १ अध्यक्ष अनिल वाग्लेले बताउनु भयो । सम्मेलन आयोजनाका लागि कुल अनुमानित लागत चार लाख ३५ हजार अनुमान गरिएको छ । बुधबारे जेसीज स्थापना भएको १२ वर्षमा पहिलो पटक राष्ट्रिय स्तरको सम्मेलनको आतिथ्यता गर्ने अवसर पाएकोमा यो सम्मेलन बुधबारे जेसीज तथा सम्रग बुद्धशान्ति कै गौरबको कार्यक्रम भएकाले यस क्षेत्रको व्यापार, पर्यटन तथा पहिचान प्रर्वधनमा सम्मेलनले टेवा पुग्ने देखिएको छ ।
सम्बन्धित खबर