बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

एडिविको लगानिमा झापाको मेचीनगरमा सञ्चालन हुनेभए दुइ ठुला आयोजना

सोमवार, जेठ ७, २०८१
झापा/ मेचीनगर नगरपालिका भित्र गौरवका २ ठुला आयोजना सञ्चालन गर्ने भएको छ । एडिविको लगानिमा नगर भित्रका महत्वपूर्ण दुई ठुला आयोजना अन्तर्गत सडक कालोपत्र हुने भएका छन् । भौतिक पूर्वाधार विकासका क्षेत्रमा मेचीनगर नगरपालिकाले सुर्योदय मार्ग अर्थात सहिद विश्वनाथ मार्ग काँकरभिट्टा र सहिद मार्ग अर्थात सहिद विरेन मार्ग धुलाबारी ड्रेनसहित कालोपत्रे बनाउने पक्का भएको छ । मेचिनगर नगरपालिकाले सोमबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै दुई ठुला साथै महत्वपूर्ण आयोजना सञ्चालनको ठेक्का पारेका २ निर्माण कम्पनीहरुसंगको सम्झौता पत्रमा समेत हस्ताक्षर गरेको छ । दुई वटा योजनालाई इन्जिनियर द्वय जिवन कुमार भट्टराई र रोशन रिमालले कन्सल्टेन्डको रुपमा हेर्ने हुनु भएको छ । योजनाको प्राविधिक विषयमा इन्जिनियर रोशन रिमालले जानकारी गराउनु भएको थियो । मेचिनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले सडक बिस्तार, कालोपत्रे लगायत समग्र नगरको विकासमा जनप्रतिनिधिसंगै आफुहरू पनि गम्भीर भएर लागिपरेको बताउनु भयो । सम्झौता हस्ताक्षर गर्ने कार्यक्रममा बोल्दै मेचीनगर नगरपालिका उपप्रमुख मीना पोख्रेल उप्रेतीले नगरपालिकालाई विकासको रुप प्रदान गर्न जनप्रतिथनिधीहरुको क्षेत्र वाट निरन्तर लागि रहेको बताउनुभयो । सम्झौता अनुसार निर्माणको जिम्मा पाएका कम्पनीले सहिद विरेन र विश्वनाथ मार्ग आगामी २०२५ जुलाई पन्द्र तारिखसम्ममा सम्पन्न गरेर नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने बताइएको छ । नगरपालिकाको विकाससंगै थुप्रै कोणबाट महत्वकासाथ हेरिएको सहिद विरेन र सहिद विश्वनाथ मार्ग निर्माण सम्पन्न गरेर सञ्चालन गर्न नगरपालिका लागि परेको नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले बताउँनुभयो । विश्वबैंकको लगानीमा बन्ने सुर्योदय (सहिद विश्वनाथ) मार्ग कन्काई इन्टरनेशनल विल्डर्स कन्काई झापाले ३० करोड ८७ लाखको लागतमा इविडिङ मार्फत ठेक्का पारेपछी योजना सम्झौता गरिएको हो । यस सडकले काँकरभिट्टाको बर्मेली टोलदेखि बाहुण्डाँगीसम्मको ८.३८० किलोमिटर सडक निर्माण हनेछ । त्यस्तै सहिद (सहिद विरेन ) मार्ग एनएनटी डेभ्लोपर पटना भारतले २७ करोड २१ लाखमा इविडिङ मार्फतनै ठेक्का पारेको छ । जस्ले धुलाबारी बजारसिरान हुँदै थोप्लेविराम सडकखण्डको ५.४७० किलोमिटर बाटो कालोपत्रे हुने बताइएको छ । मेचीनगर नगरपालिकाका बरिस्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले सञ्चालन गर्नु भएको कार्यक्रममा निर्माण कम्पनिका प्रतिनिधि, मेचीनगर संचार प्रतिष्ठानका अध्यक्ष शिशिर चम्लागाई, प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बराल, अग्रज सञ्चारकर्मी मोहन काजीलगायत झापाली सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर