बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

यशोदा निरौला स्मृति प्रतिष्ठान झापाले विर्तामोडमा शवबाहन सञ्चालनमा ल्याएको छ

सोमवार, जेठ ७, २०८१
सामाज रुपान्तरणका लागि सकृय यशोदा निरौला स्मृति प्रतिष्ठान झापाले शवबाहन सञ्चालनमा ल्याएको छ । झापाको बिर्तामोड नगरपालिका–५ मा रहेको प्रतिष्ठानले यशोदा निरौलाको नवौं स्मृति दिवसको अवसर पारेर शवबाहन सञ्चालनमा ल्याएको हो । प्रतिष्ठानले सोमवार बिर्तामोडमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर सव बाहन सञ्चालनमा आएको जानकारी दिइएको छ । यशोदाको सुत्केरी उपचारका क्रममा २०७२ साल जेठ ७ गते बिर्तामोडको बिर्तासिटी अस्पतालमा निधन भएको थियो । यशोदाको निधनपछि अस्तालले उपलब्ध गराएको ५ लाख र परिवारको तर्फ वाट ५ लाख थप गरी अक्षयकोष स्थापना गरिएको बताईएको छ । हाल यशोदा निरौला अक्षयकोषमा  १५ लाख रुपैयाँको पुगेको बताइएको छ । निरौला परवाकी बुहारी यशोदाको अल्पायुमै भएको निधनपछि परिवारले प्रतिष्ठानको स्थापना गरी सामाजिक गतिविधी गर्दै आएको जनाएको छ । विपन्न परिवारलाई निःशुल्क सेवा प्रदान गर्ने उदेश्य राखेर शब वाहन खरिद गरी सञ्चालनमा ल्याएको प्रतिष्ठानका संस्थापक अध्यक्ष बिष्णुकुमार निरौलाले जानकारी दिनुभयो । प्रतिष्ठानले विभिन्न समयमा अति विपन्न परिवारका लागि आर्थिक सहयोग, निःशुल्क आँखा परिक्षण शिविर तथा औषधि बितरण, रक्तदान, अर्जुनधारा माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना लगायतका कार्यक्रमहरुको आयोजना गरेको जनाएको छ । संस्थाको अक्षय कोषमा रहेको रकमको व्याज र बाँकी अपुग रकम परिवारले थप गर्दै ७ लाख रुपैयाँको लगानिमा शबवाहन खरिद गरेको प्रतिष्ठानका सचिब तथा यशोदाका श्रीमान रमेश निरौलाले बताउनु भयो । प्रतिष्ठानले एक सय १० जना विपन्न परिवारको स्वास्थ्य विमा, अपङ्गता भएका व्यक्तिलाई निशुल्क ब्हीलचियर वितरण, नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई समेत आर्थिक सहयोग गरेको प्रतिष्ठानले एकका लागि एक अभियानलाई पाँच थान अक्सिजन सिलिण्डर प्रदान गरेको जानकारी दिएको छ । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष नन्दीकेशर निरौलाको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रतिष्ठानका सचिव रमेश निरौलाले स्वागत गर्नु भएको कार्यक्रममा प्रतिष्ठानका दुर्गाप्रसाद निरौला, डिल्लीराम निरौलासहित परिवारको उपस्थिति रहेको कार्यक्रम प्रतिष्ठानका संस्थापक अध्यक्ष बिष्णुकुमार निरौलाले सञ्चालन गर्नु भएको थियो ।
सम्बन्धित खबर