बुधवार, असोज ३०, २०८१
Sancharmanch

झापा जिल्ला स्तरीय एन्फा ए डिभिजन लिगको उपाधी धाइजन चारआलि फुटवल क्लवलाई

शुक्रवार, जेठ ४, २०८१
झापा/ झापा जिल्ला फुटवल संघको आयोजनामा सञ्चालित झापा जिल्ला स्तरीय एन्फा ए डिभिजन लिगको उपाधी धाइजन चारआलि फुटवल क्लवले हात पारेको छ । खेलको निर्धारित समयमा धाइजन चारआलि फुटवल क्लव र शैनिक युथ क्लव वाट एक एक गोलको बराबरीमा समय सकिए पछि खेल ट्राई ब्रेकरमा धकेलिएको थियो । पेनाल्टि सुट आउट हुँदा धाइजन चारआलि फुटवल क्लवले ४ गोल गर्दा शैनिक युथ क्लवले ३ गोल मात्र गर्न सफल भएको थियो । खेलमा उत्कृष्ठ गोर रक्षकको उपाधी धाइजन चारआलि फुटवल क्लवका गोल रक्षक युवराज पूरी घोषित भए । म्यान अफ दि म्याच निसान्त तामाङ घोषित भए, त्यसैगरी शैनिक युथ क्लवका रमेश भण्डारीले वेष्ट प्लेयर अफ दि टुर्नामेन्टको अवार्ड हात पारे । त्यसैगरि बेष्ट कोचको उपाधी धाइजन चार आलि फुटवल क्लवका कोच पुर्ण सुब्बाले हात पारेको धाइजन चारआलि फुटवल क्लवका अध्यक्ष युवा समाजसेवी आषिश वनले सञ्चार मञ्चलाई जानकारी दिनु भयो । धाइजन चारआलि फुटवल क्लवले मेचिनगरमा रहेको कालिका सिमसार क्षेत्र भित्रको खेल मैदानमा हरेक वर्ष फुटवल प्रतियोगिताहरु गर्दै आएको छ ।
सम्बन्धित खबर