बुधवार, असोज ३०, २०८१
Sancharmanch

सेम्पल एजुकेसन एण्ड टेक्निकल ईन्स्टिच्यु बुद्धशान्तिले लागु औषध दुर्ब्यसन र साइबर अपराध विरुद्धको सचेतनामुलक कार्यक्रम सम्पन्न गर्यो

बुधवार, जेठ २, २०८१
झापा/ झापाको बुद्धशान्ति गाउँपालिकामा १ दिने लागु औषध दुर्ब्यसन र साइबर अपराध विरुद्धको सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक सहयोग तथा सेम्पल एजुकेसन एण्ड टेक्निकल ईन्स्टिच्यु बुद्धशान्ति –१ को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । विगत १० वर्ष यता समाजमा जटिल लतको रुपमा बढिरहेको लागू औषध दुर्यसन र साइबर अपराध बाट धेरै ब्याक्तीहरु पिडित भएका छन् । लागु औषध तथा साइबर अपराधका घटना एक ब्यक्ति वा रिवारमा मात्र केन्द्रित नभएर सिंगो समाजलाईनै नकारात्मक असर पार्दै सिंगो राष्ट्रकै समस्याको रुपमा देखा परिरहेको छ । यस कुरालाई मध्यनजर गर्दै बुद्धशान्ति गाउँपालिका संगको समन्वयमा सेम्पल एजुकेसन टेक्निकल ईन्स्टिच्युले गाउँपालिकाको नमुना विद्यालय बुद्धआदर्श माविका कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुमा एक सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको हो । बुद्धआदर्श माध्यमिक विद्यालयमा अध्यानरत कक्षा ११ विद्यार्थीहरुलाई लागु औषध दुर्ब्यसन र साइबर अपराध केहो ? र यस बाट कसरी बच्ने ? र साइबर अपराधका विषयमा विद्यार्थीहरुलाई लाका प्रहरी कार्यालय धुलाबारी बाट आउनु भएका सहजकर्ता ऋषि निरौला र तारा चौधरीले सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईले पछिल्लो समय बुद्धशान्ति गाउँपालिकाका धेरै युवाहरू लागू औषध दुर्व्यसन बाट फस्दै गएकाले यसको रोकथाम गर्न साथै सजग गराउन पालिका भित्रका सम्पुर्ण विद्यालय हरूमा जनचेतना मुलक कार्यक्रम गर्दै जाने बताउनु भयो सोहि अवसरमा अध्यक्ष प्रसाईले मदिराका कारण धेरैको घरवार उजाडिएका घटनाहरु वढिरहेको बताउँदै पालिका वासी आम नागरिकहरुलाई सचेत हुन आग्रह समेत गर्नु भयो । सेम्पल एजुकेसन संचालक समितिका अध्यक्ष उमेश भट्टराईको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बुद्ध आदर्श माविका ब्यवस्थापन समिति अध्यक्ष मनोरथ तिवारी, विद्यालयका प्रधानाध्यापक कृष्णराज भण्डारी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको औचित्यमाथी प्रकाश पार्दै सेम्पल एजुकेसन संचालक समितिका अध्यक्ष उमेश भट्टराईले स्वागत गर्नु भएको कार्यक्रम,सेम्पल एजुकेसनका सल्लाहकार गोकुल पौडेलले संचालन गर्नु भएको थियो ।
सम्बन्धित खबर