बुधवार, असोज ३०, २०८१
Sancharmanch

कृषि ज्ञान केद्र झापाले जिल्लाका अगुवा ब्यवसायिक कृषकहरुलाई एक दिने अध्ययन अवलोकन भ्रमण गरायो

बुधवार, जेठ २, २०८१
झापा / कृषि ज्ञान केद्र झापाले जिल्लाका अगुवा ब्यवसायिक कृषकहरुलाई एक दिने अध्ययन अवलोकन भ्रमण गराएको छ । जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा रहेका ब्यवसायिक फाम र ज्ञान केन्द्रले गरेको लगानिहरुको कृषकलाई अवलोकन गराउँदै प्रविधिहरुको जानकारी गराएको हो । जिल्लाको शिवसताक्षी नगरपालिका वडा नं. ७ मा मौरी पालन गर्नुहुने बाचस्पती अधिकारी, मेचिनगर नगरपालिका वडा नं. २ दाहाल कृषि फर्मबाट तरकारी खेति गर्नुहुने सावित्रा दाहाल, कनकाई नगरपालिका वडा नं. १ मा खतिवडा मौरी पालन फार्म सञ्चालक लिलादेवी खतिवडा, बाह्रदशी गाउँपालिका वडा नं. ५ मा तरकारी खेति गर्नु हुने अर्पन भण्डारी, अर्जुनधारा नगरपालिका वडा नं. ३ मा सन–मन एकिकृत कृषि तथा पशुपालन फर्मका सञ्चालक मनकला राई, पानी लाल राजशवंशी कचनकवल गाउँपालिका वडा नं. २, गौरादह नगरपालिका वडा नं. ६ मा नेविका वहुउद्देश्य कृषि फर्मका बिनोद ओझा, मेचिनगर नगरपालिका वडा नं. ३ मा तरकारी खेति गर्नु हुने पुष्पलाल गुरागाई, कचनकवल गाउँपालिका वडा नं. ६ मा कचनकवल एकिकृत कृषि तथा पशुपंछी फर्मका सञ्चालक कमला खत्री, कचनकवल ३ का महनसिंह राजवंशी, अर्जुनधारा १० मा पन्चकन्या एग्रो फाम सञ्चालन गर्नुहुने मेनुका सिवाकोटी, अर्जुनधारा ८ विष्ट पशु तथा कृषि फार्मका दिलिप कुमार विष्ट, हल्दिवारी १ मा मौरी पालन गर्नु हुने हिमा चम्लागाई, अजर्सनधारा ८ मा तरकारी खेति गर्नु हुने अमृतलाल गिरी, अर्जुनधारा ३ का चाणक्य अर्गानिक कृषि फमका सञ्चालक नेत्र कुमारी चौहान, अजर्सनधारा ९ मा विपिन कृषि फमका सञ्चालक हरिप्रसाद घिमिरे, अर्जुनधारा १ मा तुलसा कृषि तथा पशुपंछी फम सञ्चालक दुलसा देवी ढकाल, विर्तामोड १० मा च्याउ खेति गर्नु हुने रेखनारायण न्यौपाने, कमल गाउँपालिका वडा नं. ६ मा नमुना कृषि फर्म सञ्चालक चन्द्र बहादुर दर्जी, दमक नगरपालिका वडा नं. ४ मा डम्बर भवानी कृषि फर्म सञ्चालन गर्नुहुने डम्बर बहादुर खड्का, विर्तामोड ७ मा तरकारी खेति गर्नु हुने देव राज लिम्बु, हिमालय महिला साझेदारी कृषि फर्म मेचिनगर २ का डम्बरी बेडारी, अदर्श कृषि तथा पशुपालन फर्म मार्फत ड्रागन फ्रुड खेति गर्नुहुने अर्जुनधारा ५ का हिमकला नेपाल, कोइराला कृषि फर्म बुद्धशान्ति ६ का श्रपक कोइराला गरि २४ जना कृषकहरुको भ्रमणमा सहभागिता रहेको थियो । पहिलो चरण भद्रपुर नगरपालिका को रंगिया डाँडामा रहेको मौरी चरन क्षेत्रको अवलोकन र मौरीका प्राविधिक कुराहरुको अन्तक्रिया गराउँदै भ्रमण सुरु भएको थियो । बिर्तामोड गरपालिका वडा नं ३ विर्ताबजारमा २०६५ साल वाट सञ्चालित पाथिभरा च्याउ उद्योगमा गहुँको माध्यम बाट बन्ने गुणस्तरिय कन्ये च्याउको विउ उत्पादनको प्रोसेसको बारेमा कृषकले वुझ्ने मौका पाउनु भएको थियो । च्याउको विउ उत्पादनको प्रविधि वारे थप प्राविधिक जानकारीका लागि वि एस सि एग्रिकल्चरको अध्ययन सकाएर कृषि ज्ञान केन्द्र झापामा इन्टन गरिरहनु भएका खेमराज घिमिरेले प्रष्ट पार्नु भएको थियो । कृषि ज्ञान केन्द्र मार्फत प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत विभिन्न मेसिन औजारमा सहयोग प्राप्त गर्नु भएका सञ्चालक राम खत्रीका कुरा सुनि सकेपछी विउ उद्योगको अवलोकन पश्चात कृषकहरुको टिम अर्जुनधारा नगरपालिका वडा नं. ९ मा सञ्चालन भएको ब्यवसायिक तरकारी खेतिमा पुग्यो । कृषि ज्ञान केन्द्रले नमुना फम अन्तर्गत पर्ने ढुवानीका साधन, विउ, मल्चिङ, सिचाई लगायतका सुविधा प्राप्त गर्नु भएका ब्यवसायिक कृषक कृष्ण बहादुर कुमालले बालि चक्रका बारेमा जानकारी गराउनु भएको थियो । सिजन अनुसारको बालिको वारेमा भ्रमणमा रहनु भएका कृषकहरुले उत्सुकता जनाउँदै सवाल जवाफ को भएका थिए । कृषि ज्ञान केन्द्रले विभिन्न सहयोग दिएको उद्यमी कुमालले बताउनु भयो । थ्रिजि कटिङको बारेमा कृषि अध्ययन पश्चात कृषि ज्ञान केन्द्र झापामा इन्टन गरिरहनु भएकी प्रेक्षा कार्कीले जानकारी गराउनु भएको थियो । जसमा थप सहयोग साथै प्रष्ट पार्दै कृषि ज्ञान केन्द्र झापाका कृषि अधिकृत अंकित भट्राईले थ्रिजि कटिङका बारेमा कृषकलाई बुझाउनु भएको थियो । कृष्ण बहादुर कुमालले सञ्चालन गर्नु भएको ब्यवसायिक तरकारी खेतिको अवलोकन पश्चात अजर्सनधारा नगरपालिका वडा नं. ९ मै ब्यवसायिक काक्रा साथै करेला खेति गर्नु भएका एक जना कृषकको बारि अवलोकन पश्चात कृषकको टिम वडा नं. २ खुदुनाबारीमा यसवा कृषि उद्यमी कविन्द्र भण्डारीको अर्गानिक कृषि फाममा पुग्यो । कबिन्द्र भण्डारीले कृषि ज्ञान केन्द्र झापा बाट सहयोग गरेको विवरण भएको होडिङ बोर्ड बाटोमै राख्नु भएको रहेछ । १० विगाहा भन्दा बढिको क्षेत्रफलमा जैविक पद्धती अवलम्बन गरेर सञ्चालन भएको कृषि फाममा भार्मिक कम्पोष्ट मल, गाई भैँसीको पिसाव संकलन र प्रयोग, वेष्ट डि कम्पोजर लगायतको उहाले गर्नु भएको जोगाड हेर्न लायककै रहेछ । कृषकहरुलाई आफुले उत्पादन गर्ने बालिका लागि जैविक मल र जैविक विषदीको मात्र प्रयोग भएको उद्यमी कविन्द्र भण्डारीले बताउनुभयो । कविन्द्र भण्डारीको ब्यवसायिक कृषि फार्मको अवलोकन पश्चात कृषकको टिम झापाको शिवसताक्षी नगरपालिका वडा नं. ११ दुधेमा सञ्चालनमा आएको ब्यवसायिक मौरी पालन भएको ठाउनमा पुयो । युवा उद्यमी अर्जुन मुखियाले सञ्चालन गर्नु भएको मुखिया मौरी फामलाई ब्यवसायिक वनाउन कृषि ज्ञान केन्द्र झापाले राम्रै सहयोग गरेको रहेछ । अध्ययन अवलोकनका लागि आउनु भएका कृषकहरुलाई मौरी पालनका लागि आवश्यक वेसिक ज्ञान शिपका बारेमा कृषक अर्जुन मुखियाले जानकारी गराउनु भएको थियो । कृषि ज्ञान केन्द्र झापाको सहयोगमा मुखियाले प्राप्त गर्नु भएको मह प्रसोधन, लेवलिङ र प्याकेजिङका लागि मेसिनहरु जडान गरिसके पनि विद्युतका कारण सञ्चालनको तयारिमा रहेको रहेछ । अर्जुन मुखियाको ब्यवसायिक मौरी पालन पश्चात कृषि ज्ञान केन्द्रका कर्मचारी, इन्टन गरिरहनु भएका विद्यार्थि सहितको टिम झापाको गौरीगञ्ज गाउँपालिका वडा नं.५ मा ५५ विगाहामा सञ्चालनमा रहेको ब्यवसायिक कोला खेतिमा पुग्यो । गणपती एग्रीकल्चर प्रा.लि.ले सञ्चालन गरेको कोला खेतिका लागि केरा व्लक विकास कार्यक्रम मार्फत कृषि ज्ञान केन्द्र झापाले ठुलो सहयोग गरेको रहेछ । फामको हेरचाह गरिरहनु भएका सञ्जय कुमार पोद्दारले कोला खेति र यसको प्रविधिका बारमा संक्षेपमा कृषकहरुलाई जानकारी गराउनु भएको थियो । गणपति एग्रीकल्चर प्रा.लि. ले सञ्चालन गरेको ब्यवसायिक कोला खेतिको अवलोकन र जानकारी पश्चात गौरिगञ्ज गाउँपालिका वडा नं. १ मा ब्यवसायी ९ विगाहा क्षेत्रफलमा उद्यमी भुपेन्द्र थापाले ब्यवसायिक रुपमा सुमेरु कृषि फाम प्रा.लि. मार्फत लगाएको ड्रागन फ्रुडको ब्यवसायीक खेतिमा कृषकको टिम पुग्यो । नमुना फाम स्थापनाका लागि कृषि ज्ञान केन्द्र झापाले ठुलो सहयोग गरिएको ड्रागन फ्रुड खेतिमा मल्चिङ साथै थोपा सिचाईको स्थापना गरिएको रहेछ । यस सुमेरु कृषि फार्म प्रा.लि.मा उत्पादनको चरणमा रहेको ड्रागन फ्रुडको नर्शरीको समेत सुरुवात भएको रहेछ । ३० जनाले ड्रागन फ्रुड खेतिमा रोजगारी गरिरहेको ब्यवस्थापक उमाकान्त दाहालले बताउनुभयो । कृषि ज्ञान केन्द्र झापाका बागवानी विकास अधिकृत अंकित भट्राईको नेतृत्वमा २४ जना कृषक सहित ज्ञान केन्द्रका गणेश कुमार बुढाथोकी अधिकृत छैठौँ (प्रसाशन), सुनिता दाहाल अधिकृत छैठौँ (बागवानी) तर्फका कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।
सम्बन्धित खबर