बुधवार, असोज ३०, २०८१
Sancharmanch

झापाको विर्तामोडमा सन्दीपको पक्षमा युवाहरुको मौन प्रदर्शन फोटो फिचर

शनिवार, वैशाख २९, २०८१
झापा/ क्रिकेटर सन्दीप लामिछानेका समर्थकहरूले सनिबार झापाको विर्तामोडमा शान्तिपूर्ण मौन प्रदर्शन सहित र्‍याली निकालेकाछन्  । खेलप्रेमी साथै युवा सामाजिक ब्यक्तित्व आषिश वनको नेतृत्वमा र्‍याली निकालिएको हो । विर्तामोडमा सकृय एक सय बढि युवासँग सम्बन्धित संघ संस्थाहरुको सहभागिता रहेकोर्‍यालीमा एक हजार बढिको संख्यामा युवाहरुको सहभागिता रहेको थियो । ‘सन्दीपलाई न्याय दे’ वि वान्ट सन्दीप, सन्दीपले न्यायका लागि कहिलेसम्म कुर्नुपर्ने ?, जस्ता नारा लेखिएका प्लेकार्ड सहित झापाका स्वतन्त्र युवाहरूको समूहले र्‍याली निकालेको हो । सो क्रममा युवाहरूले बिर्तामोडको सिटि सेन्टर बाट पुरानो इलाम स्टेण्ड, मुक्तिचोक हुँदै पस्चिम बस स्टेण्ड परिक्रमा गर्दै र्‍याली पुन मुक्तिचोकमा पुगेर १ मिनेट मौन धारण गर्दै पुन पुरानो एलाम स्टेण्ड हुँदै सिटिसेन्टरमा पुगेर समापन भएको थियो । शान्तिपूर्णरुपमा निकालिएको र्‍यालीले बिर्तामोडको सिटि सेन्टर देखि पश्चिम बस स्टेण्ड सम्मको मुख्य सडकमा युवाहरुको लर्को देखिए पनि नाराबाजि, होहल्ला लगायतका गतिविधिहरु भएका थिएनन् । उच्च अदालत पाटनमा सन्दीप लामिछानेको मुद्दा विचाराधीन रहेकै अवस्थामा उनीहरू सडकमा आएका हुन् । यसअघि मंगलबार लामिछानेले आफूलाई फसाइएको दाबी गरेका थिए । उच्च अदालत पाटनमा बैसाख २३ गतेकालागि पेसी तोकिए पनि क्रिकेटर सन्दीप लामिछाने सम्बन्धी मुद्दाको सुनुवाइ हुन सकेन । उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको इजलासमा पहिलो नम्बरमै पेसी तोकिए पनि मुख्य न्यायाधीशले हेर्न नमिल्ने भएपछि सुनुवाइ नभएको बताइएको छ । यसअघि मुख्य न्यायाधीश निरौलाकै इजलासले झगडिया झिकाउने आदेश दिएकाले उहाँले हेर्न नमिल्ने भन्दै सुनुवाइ नगरिएको हो पाँचौ पटकसम्म पेसी तोकिएर पनि छिनोफानो हुन नसकेको सो मुद्दाका कारण आज नेपालभर खेल प्रेमीहरुले प्रदर्शन गरिरहेकाछन् । लामिछानेकोे मुद्दा सुनुवाइका लागि पटक पटक पेसी तोकिँदा नभ्याइनेमा पर्दै आएको छ । प्रदर्शन कार्यक्रम समापन गर्दै नेतृत्वकर्ता, खेलप्रेमी साथै युवा सामाजिक ब्यक्तित्व आषिश वनले उपस्थित सम्पूर्ण युवाहरुलाई धन्यवाद दिदै राज्यको कदम हेरेर अर्को चरणको पुनः शान्तिपूर्ण आन्दोलन हुन सक्ने हुँदा झापाका सम्पूर्ण खेलप्रेमी महानुभावहरुको साथ सहयोगका लागि अपिल समेत गर्नु भएको छ ।  
सम्बन्धित खबर