बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

वडाको सहयोगमा गोपालगौरीले विद्यालय पोषाक वितरण गर्यो

शुक्रवार, वैशाख २८, २०८१
सुनसरी/ सुनसरीको इटहरी उप–महानगरपालिका वडा नं. ७ को आर्थिक सहयोगमा गोपाल गौरी दिगो विकास प्रतिष्ठानले सामुदायिक बिद्यालयमा निशुल्क पोषाक वितरण गरेको छ । वडा नं. ७ को बज्राहमा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा १ देखि ४ सम्मका ६५ जना विद्यर्थीलाई बिद्यालय पोषाक वितरण गरेको हो । विद्यालयका विद्यार्थिहरुका लागि वितरण गरिएको पोषाकका कारण विद्यार्थि मात्र हैन सिंगो विद्यालय खुसी हुने कुरा बताउँदै लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रभुनारायण चौधरीले गोपाल गौरी दिगो विकास प्रतिष्ठानलाई धन्यवाद दिनुभयो । कपडा वितरण कार्यक्रम पुष माघ महिनामै वितरण गर्ने सोच भए पनि काम गर्दै जाँदा ढिला भएको बताउँदै वडा सदस्य नेत्र प्रसाद गुरागाईले आगामी वर्ष वजेट थप गरेर कार्यक्रम बृद्धि गरिने बताउनुभयो । विगतको जाडो महिनामा यस विद्यालयका विपन्न परिवारका विद्यार्थीहरलाई स्विटर वितरण गरिएको थियो । गोपाल गौरी दिगोविकास प्रतिष्ठानकी केन्द्रय अध्यक्ष इन्दिरा शर्माले आफ्ना दिवंगत जेठो छोरा सागर गौतमको पून्य तिथिमा कार्यक्रम आयोजना भएकोमा धन्यवाद दिदै वडा सदस्य दिपक घिमिरेले आगामि वर्ष पनि कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । इटहरी उप–महानगरपालिका वडा नं. ७ को एक मात्र सामुदायिक विद्यालयको शैक्षिक विकासका लागि वडा कार्यालयको तर्फ वाट पनि विभिन्न कार्यक्रमहरु सञ्चालन हुने गरेकाछन । सुविधा सम्पन्न विद्यालय बनाउँदै अब्बल विद्यालय निर्माणमा थप सहयोगको अपेक्षा राख्नुहुँदै आगामि दिनमा सहयोग वढाउनु पर्ने वडा सदस्य राधा आचार्यले बताउनुभयो । गोपाल गौरी दिगो विकास प्रतिष्ठाका केन्द्रिय महासचिव साथै कपडा वितरण कार्यक्रमका सम्योजक बुद्धिराम वन्जाडेले विद्यार्थिहरुलाई एक जोर कपडा वितरण गर्नु ठुलो कुरा नभएको बताउँदै विपन्न विद्यार्थिहरुका लागि भने ठुलो कुरा भएको बताउनु भयो । कोरोना महामारी देखि भुकम्प साथै वाढि प्रभावित क्षेत्रमा समेत गोपाल गौरीको मलम पट्टी रहने पनि बताउँदै महासचिव बन्जाडेले बच्चाहरुका लागि आजको दिन विशेष हुने बताउनुभयो । गोपाल गौरी दिगो विकास प्रतिष्ठानले केन्द्रमा रहेर सहयोगका लागि विभिन्न सहयोगी दाताहरुको सहयोगमा कार्यक्रम सञ्चालनको तयारी गरिरहेको छ । वालबालिकाको शिक्षा प्राप्त गर्नका लागि सम्विधानले ब्यवस्था गरेको अधिकार सुनिश्चित गर्न गोपाल गौरी दिगो विकास प्रतिष्ठाले चालेको कदम प्रति धन्यवाद दिदै इटहरी उप–महानगरपालिका वडा नं. ७ का अध्यक्ष देवनारायण चौधरीले विद्यालयको शैक्षिक विकासका लागि वडा कार्यालयले पहल गरिरहेको बताउनुभयो । हरेक वर्ष अक्षयत्रितिया आफ्नो जेठो सन्तानको पून्य तिथिमा गोपाल गौरी दिगो विकास प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष इन्दिरा शर्माले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आउनु भएको छ । कार्यक्रममा बिद्यालयका सम्पूर्ण शिक्षक,शिक्षिका, विद्यार्थि, विद्यालय अभिभावक संघका अध्यक्ष, प्रतिष्ठानका केन्द्रिय पदाधिकारी, आजिवन सदस्यहरु साथै स्थानिय समाज सेवीहरुको समेत उपस्थिति रहेको थिाये । कपडा वितरण कार्यक्रा सँग सँगै विद्यार्थिहरुलाई बिस्कुट साथै सर्वत बितरण समेत गरिएको थियो । गोपाल गौरी दिगो विकास प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष इन्दिरा शर्माको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा इटहरी उप–महानगरपालिका वडा नं. ७ का अध्यक्ष देवनारायण चौधरी प्रमुख अतिथिको रुपमा रहनु भएको थियो । प्रतिष्ठानको झापा शाखा उपाध्यक्ष भगवती गुरागाईले स्वागत गर्नु भएको कार्यक्रम गोपाल गौरी दिगो विकास प्रतिष्ठाका केन्द्रिय महासचिव बुद्धिराम वन्जाडेले सम्योजन गर्नु भएको थियो भने कार्यक्रम झापा शाखा सचिव कमला सापकोटाले सञ्चालन गर्नु भएको थियो ।
सम्बन्धित खबर