बुधवार, असोज ३०, २०८१
Sancharmanch

मन्जुश्री असाहाय संरक्षण केन्द्र झापा शाखाले कृषि उद्यमीलाई सम्मान गर्यो ।

शुक्रवार, वैशाख २८, २०८१
झापा/ झापाको विर्तामोडमा रहेको मन्जुश्री असाहाय संरक्षण केन्द्र झापा शाखाले कृषि उद्यमीलाई सम्मान गरेको छ । विर्तामोड नगरपालिका वडा नं. ४ की उद्यमी मिना अधिकारीलाई नगद दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरेको छ । आफु माटोसँगै खेल्ने माटोमै योगा गर्ने गरेको बताउँदै सम्मानित मिना अधिकारीले आफुलाई संस्थाले सम्झेकोमा खुसी ब्यक्त गर्नुभयो । २०७२ सालमा संस्थापक अध्यक्ष मन्जु खाँणको नेतृत्वमा चितवनमा स्थापना भएको संस्थाले मानव विकासका क्षेत्रमा सामाजिक काम गरिरहेको छ । ७७ वटै जिल्लामा शाखा कार्यालय रहेको मन्जुश्रीको झापा शाखा २०७७ सालमा स्थापना भएको संस्थाकी अध्यक्ष पुनम ओडारीले बताउनुभयो । लेखा रिजाल लाई नयाँ सदस्यता प्रदानसँगै कृषि उद्यमी सम्मानको कार्यक्रम आयोजना गरेको संस्थाले सामाजिक विकासमा योगदान गरिरहेको बताउँदै विर्तामोड नगरपालिका वडा नं. ४ का सदस्य उमेश राउतले संस्थाका लागि वडा बाट हुने सम्मको सहयोग गर्ने बताउनुभयो । संस्थाले उत्कृष्ठ कृषि उद्यमी सम्मान सहित नयाँ सदस्यलाई स्वागत कार्यक्रमको आयोजना गरिएको संसथाकी सचिव सचिव समिरा वजगाईले बताउनुभयो । ३ कठ्ठा क्षेत्रफलमा विषेस गरेर कुरिलोसँगै विभिन्न तरकारी लगाउने गर्नु भएकी सम्मानित उद्यमी मिना अधिकारीले सानो क्षेत्रफल बाट जैविक पद्यतीका उपजहरु उत्पादन गरेर बार्षिक एक लाख सम्म कमाईहुने बताउनु भएको छ । संस्थाकी झापा जिल्ला अध्यक्ष पुनम ओडारीको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा विर्तामोड नगरपालिका वडा नं. ४ का सदस्य उमेस राउत रहनु भएको थियो । संस्थाकी उपाध्यक्ष मन्जु ओली (न्यौपाने)ले स्वागत गर्नु भएको कार्यक्रम संस्थाकी सचिव समिरा बजगाईले सञ्चालन गर्नु भएको थियो ।
सम्बन्धित खबर