बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

गोपाल गौरीले मनायो फरक शैलिमा माता तिर्थ औँसी

बुधवार, वैशाख २६, २०८१
झापा / आज माता तिर्थ औँसी अर्थात सामान्य अर्थमा हेर्ने हो भने आमाको मुख हेर्ने दिन । विषेस गरेर नेपालीहरुले मिठो भोजनकासाथ लत्ताकपडा उपहार दिएर यो पर्व मनाउने चलन छ । आज बिहान सबेरै उठी स्नान गरेर आमालाई मिष्ठान्न भोजन खुवाई, उपहार दिंदै आमाको मुख हेर्ने र आमाबाट आशीर्वाद लिने गरिन्छ । आज आमाबाट टाढा रहेका सन्तानहरू आमालाई उपहार लिएर भेट्न पुग्छन् । विवाह गरेर पतिका घर गएका चेलीबेटीहरू मीठा परिकारहरूसहित आमा घर अर्थात् माइती पुग्छन् । विभिन्न कारणले आमालाई भेट्न नपाएकाहरूले भने सञ्चारका साधनहरूमार्फत पनि सम्झने गर्छन् । मानिसहरूले सामाजिक सञ्जालको माध्यमबाट पनि आमाप्रतिका भावना अनि सम्झनाहरू व्यक्त गर्ने गर्दछन् । तर गोपाल गौरी दिगो बिकास प्रतिष्ठानले भने फरक सोचाइकासाथ माता तिर्थ औँसी मनाएको छ । प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष इन्दिरा शर्माको अगुवाईमा शिवसताक्षी नगरपालिका वडा नं. ६ का १० जना आमाहरुलाई सामुहिक रुपमा सम्मान गरेको छ । पारिवारीक अवस्था कम्जोर ७० वर्ष पूरा हुनुभएका आमाहरुलाई सम्मान गरेको हो । संस्थाले आयोजना गरेको कार्यक्रमले समाजमा सकारात्मक शन्देस पुगेको हनुमान मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र सिटौलाले आमाहरुलाई नियमित रुपमा सम्मान गर्न संस्थालाई आग्रह गर्नु भयो । गोपा गौरी दिगो विकास प्रतिष्ठाले सञ्चालन गरेको माता सम्मान कार्यक्रमले वास्तविक माताहरु समेटेकोमा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष भोला मैनालीले खुसी ब्यक्त गर्नुभयो । गोपाल गौरी दिगो विकास प्रतिष्ठानले वर्षभरी सञ्चालन गर्ने समाज विकास र परिवर्तनमा विभिन्न कार्यक्रमहरु मध्येको एक कार्यक्रम माता सम्मान रहेको बताइएको छ । विभिन्न पर्वहरुको अवसर पारेर कार्यक्रमको आयोजना गरएको बताउँदै शिवसताक्षी नगरपालिका नि वर्तमान उप प्रमुख साथै प्रतिष्ठानकी केन्द्रिय उपाध्यक्ष भोजकुमारी नेपालले सम्मान लक्षित वर्गमा पुगेको बताउनुभयो । कार्यक्रममा १० जना आमाहरुलाई एक एक वटा सारी, झोला, मिठाई, फलफुल लगायतका सामग्री द्वारा सम्मान गरिएको थियो । आमाहरुको बयान जतिनै गरे पनि अपुरो हुने बताउँदै आमानै पहिलो संस्कार र शिक्षा भएको शिवसताक्षी नगरपालिका वडा नं. ६ का अध्यक्ष मनोज खुलाल कार्कीले बताउनुभयो । साथै प्रतिष्ठानले लक्षित वर्गका आमाहरुलाई छनौट गरेकोमा खुसी ब्यक्त गर्नुभयो । कार्यक्रममा गोपाल गौरी दिगो विकास प्रतिष्ठान केन्द्रिय उपाध्यक्ष साथै शिवसताक्षी नगरपालिका निवर्तमान उप प्रमुख भोजकुमारी नेपाल, झापा शाखा उपाध्यक्ष भगवती गुरागाई, शिवसताक्षी नगरपालिका कार्यपालिका सदस्य तथा वडा नं. ६ की सदस्य गोमा रिजाल समाजसेवी लगायत आमाहरुको उपस्थितिमा आयोजना गरिएको कार्यक्रमको प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष इन्दिरा शर्माको अध्यक्षता रहेको थियो । प्रतिष्ठानकी झापा शाखा उपाध्यक्ष भगवती गुरागाईले स्वागत गर्नु भएको शिवसताक्षी नगरपालिका वडा नं. ६ का अध्यक्ष मनोज खुलाल कार्कीको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रम प्रतिष्ठानकी झापा जिल्ला सचिव कमला सापकोटाले सञ्चालन गर्नु भएको थियो ।
सम्बन्धित खबर