सोमवार, कार्तिक २६, २०८१
Sancharmanch

चुनावी प्रतिबद्धता पूरा गर्दै वडा अध्यक्ष फेवदिन, सुत्केरी महिलाहरुलाई पोषण बितरण

आइतवार, वैशाख २३, २०८१
झापा/ झापाको शिवसताक्षी नगरपालिका वडा नं. ८ का अध्यक्ष शन्तकुमार फवदिनले वडाका सुत्करी महिलाहरुलाई सुत्केरी आमा तथा नवजात शिशु पोषण कार्यक्रम सञ्चालन गर्नु भएको छ । वडाले प्राप्त गरेको आर्थिक वर्ष २०८०/०८१ को बजेट सिलिङ मार्फत कार्यक्रम सञ्चालन गर्नु भएको हो । कार्यक्रम बाट लाभान्वित स्थानिय पुष्पा थापाले वडा अध्यक्षको कदम प्रति आफु सन्तुष्ट रहेको बताउँदै कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो । वडको बजेट मध्ये वाट रु २ लाख रकम बिनियोजन गरेर कार्यक्रम सञ्चालन गरिएको बताइएको छ । चालु आर्थिक वर्षमा ५० जना आमा तथा शिशुका लागि कार्यक्रम सञ्चालन भएको थियो । स्थानिय कमला पौडेलले पोषण सामग्री प्राप्त गरेपछी विगतमा यस्तो कार्यक्रम सञ्चालन नभएको वताउँदै जनप्रतिनिधीलाई धन्यवाद दिनुभयो । एक कार्यक्रमको आयोजना गरर एक जना सुत्केरी महिलाका लागि बच्चाको लागि लगाउने कपडा, ब्ल्याङ्केट, १ के.जि मह, एक केजि घ्यु, ओड्ष, सतावरी चुर्ण लगायतका सामग्री बितरण गरिएको थियो । वडाका स्थानिय भवानी शंकर पौडेलले वडाले सञ्चालन गरेको कार्यक्रम अत्यन्त प्रभावकारी भएको बताउनुभयो । शिवसताक्षी नगरपालिका वडा नं. ८ ले विभिन्न क्षेत्रका नागरिकहरुलाई समेट्ने गरी फरक फरक कार्यक्रम निर्माण गरेर हरेक नागरिकको घर घर सम्म पुग्नेगरी कार्यक्रम सञ्चालन गरिरहेको छ । वडा नं. ८ को डुँडामारी टोलका स्थानिय टंक खत्रीले आमा र बच्चाको सुरक्षाका लागि वडाले सञ्चालन गरेको कार्यक्रम प्रसंसनिय रहेको बताउनुभयो । शिवसताक्षी नगरपालिका वडा नं. ८ ले सुत्केरी महिलाहरुको स्वास्थ्यलाई ध्यानमा राखेर सञ्चालन गरेका कार्यक्रमहरु लक्षित वर्गसम्म पुर्याउने प्रयास गरिरहेको छ । जन्म देखि मृत्यु सम्मलाई सम्बोधन गरेर कार्यक्रम सञ्चालन गरिरहेको छ । वडा कार्यालयले सिमित बजेटको सिमा भित्र रहेर कार्यक्रम सञ्चालन गरेकोमा खुसी ब्यक्त गर्दै शिवसताक्षी नगरपालिका प्रमुख प्रसाशकीय अधिकृत अमृत बहादुर राईले आगामि निमा निरन्तरता दिने बताउनुभयो । वडाले सुत्केरी महिलाहरुलाई जनहि ५ हजार बराबरको सामग्री वितरण त्यसै गरी मृत्यु संस्कारका लागि रु ५ हजार आर्थिक सहयोग समेत गर्दै आएको छ । चुनावि ताका घोषणा पत्रमा प्रसितवद्धता जनाए अनुसारको बाचा पुरा गर्दै आम नागरिकहरुको समस्या सम्बोधन गर्नका लागि कार्यक्रम सञ्चालन गरेको वडा अध्यक्ष शन्त कुमार फेवदिनले बताउनु भयो । वडा कार्यालय बाट सञ्चालन भएका हरेक नागरिकहरुसँग प्रत्यक्ष सरोकार राख्ने कार्यक्रमहरुका कारण आम नागरिकले राहत महसुस गरेका छन् । यस प्रकृतिका कार्यक्रमले नागरिकका समस्या प्रत्यक्षरुपमा सम्बोधन गरेको छ । वडा अध्यक्ष शन्त कुमार फेवदिनको अध्यक्षता रहेको सुत्केरी आमा तथा नवजात शिशु पोषण कार्यक्रममा शिवसताक्षी नगरपालिका प्रमुख प्रसाशकीय अधिकृत अमृत बहादुर राइको प्रमुख आतिथ्यता रहेको थियो । वडा सदस्यहरु, वडा सचिव साथै कर्मचारी र सुत्केरी महिला साथै अभिभावक लगायतको उपस्थिती रहेको कार्यक्रम वडाका कर्मचारी कुमार सिं सावाँ (लिम्बु) ले सञ्चालन गर्नु भएको थियो ।  
सम्बन्धित खबर