बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

शिवसताक्षी नगरपालिका वडा नं. ६ का १५ जना महिलालाई २ महिने सिलाई कटाई तालिम

शनिवार, वैशाख २२, २०८१
शिवसताक्षी नगरपालिका वडा नं. ६ का १५ जना महिलालाई २ महिने सिलाई कटाई तालिम समापन भएको छ । महिला तथा बालबालिका शाखाको आर्थिक सहयोगमा तालिम सञ्चालन भएको हो । शिवसताक्षी नगरपालिका महिला तथा वालवालिका शाखाको आर्थिक वर्ष २०८०–०८१ को बिनियोजित बजेट बाट तालिम आयोजना गरिएको जनाइएको छ । तालि बाट धेरै कुरा सिकेको बताउँदै थप तालिम सञ्चालन भएमा ब्यवसायिक भएर अगाडि वढ्ने तालिममा सहभागि रेनुका खड्का (खत्री) ले बताउनुभयो । शिवसताक्षी नगरपालिका महिला तथा बालबालिका शाखा मार्फत बिनियोजन भएको रु १ लाख७० हजार बजेट मार्फत गोपाल गौरी दिगो बिकास प्रतिष्ठानले तालिम २ महिना सम्म सञ्चालन गरेको थिायो । तालिममा आवश्यक कुनै पनि सामानको अभाव हुन नदिई तालिम समापन भएको सहभागिहरुको भनार्य छ । तालिमको समयावधी थप गरेर एड्भान्स तालि सञ्चालनका लागि सहभागिहरुले माग गरेका छन् । तालिम छोटो समयको भए पनि उपलब्धि मुलक भएको तालिममा सहभागि स्थानिय टिकादेवी दर्जीले बताउनुभयो । दुई महिना सम्म सञ्चालन भएको सिलाई कटाई तालिमको प्रशिक्षकको रुपमा गोपाल गौरी दिगोविकास प्रतिष्ठानकी प्रशिक्षक वृन्दा ओझा रहनु भएको थियो । वडा नं. ६ का १५ जना महिला दिदिबहिनिहरु तालिममा सहभागी सहभागि बन्नु भएको थियो । आगामी बजेट मार्फत थप तालिमको ब्यवस्थापनसँगै मेसिन हस्तान्तरणको कार्यक्रम राखिने शिवसताक्षी नगरपालिका वडा नं. ६ का अध्यक्ष मनोज खुलाल कार्कीले बताउनुभयो । थोरै बजेटको परिधिमा रहेर पनि गोपाल गौरी दिगो विकास प्रतिष्ठानले २ महिनासम्म सञ्चालन भएको तालिममा कुर्थासुरुवाल, दौरा सुरुवाल, काने टोपी, बच्चाको भोटो, जम्पर, पेटीकोट, ब्लाउज, सट फ्रक वनपिस जामा गरि जम्मा १२ प्रकृतिका कपडाहरु सिलाउन सिकाएको बताइएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ६ का अध्यक्ष मनोज खुलालको अध्यक्षतामा सञ्चालन भएको तालिम समापन कार्यक्रममा प्रमुख अथितिको रुपमा नगर प्रमूख मेघाहाङ थोप्रा रोशन, वडा सदस्य तथा कार्यपालिका सदस्य गोमा रिजाल, वडा सदस्यहरु नरेन्द बस्नेत, गंगा ताजपुरिया, महिला तथा बालबालिका शाखा प्रमुख देविना पराजुली को सहभागिता रहेको कार्यक्रम गोपाल गौरी दिगो विकास प्रतिष्ठान झापाकी सचिव कमला सापकोटाले सञ्चालन गर्नु भएको थियो ।
सम्बन्धित खबर