शनिवार, असार २९, २०८१
Sancharmanch

आदर्श च्यालेञ्ज कपः उपाधिका लागि बिर्तामोड र मानेभञ्ज्याङ भिड्दै, एन्जिला तुम्बापो सुब्बालाई विशेष सम्मान

शुक्रवार, वैशाख २१, २०८१
बुद्धशान्ति । झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेञ्ज कपको उपाधिका लागि शनिवार बिर्तामोड युनाइटेड एफसी र पाहुना टीम भारतको मानेभञ्ज्याङ एफसी भिड्दैछन् । यसअघि भएको सेमीफाइनलमा बिर्तामोड युनाइटेडले बेलबारी एफसीलाई टाइब्रेकरमा ५।४ ले र मानेभञ्ज्याङले आयोजक आदर्श क्लबलाई २।० ले पाखा लगाउँदै उपाधि भिडन्त तय गरेका थिए । प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख, तथा उपविजेताले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने समितिका सचिव दुर्योधन सिंह देवले बताए । उनका अनुसार प्रतियोगिताको उत्कृष्ट डिफेण्डर, मिडफिल्डर, गोलरक्षक, स्ट्राइकर, प्रतियोगिताको उत्कृष्ठ खेलाडी र उदियमान खेलाडीले जनही ५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । बैशाख १५ गतेदेखि जारी प्रतियोगितामा भारतका दुुईसहित ८ टीमको सहभागिता रहेको थियो । त्यसैगरी, फाइनल खेलको अवसरमा नेपाली राष्ट्रिय महिला टीमका कप्तान एन्जिला तुम्बापो सुब्बालाई विषेश सम्मान सहित अन्य सम्मानका कार्यक्रम रहेको प्रतियोगिता आयोजक समितिका संयोजक मनेष दाहालले जानकारी दिए ।
सम्बन्धित खबर