बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

बिर्तामोड खानेपानीका सम्पूर्ण सेवाहरु अव अनलाईन प्रविधि मार्फत हुने

सोमवार, वैशाख १७, २०८१
झापा/ बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था झापाले प्रविधि र सूचना प्रणालीलाई अवलम्बन गर्दै सफ्टवेर मार्फत सेवा बिस्तार गरेको छ । वेभ मा आधारित भौगोलिक सूचना तथा सम्पत्ति व्यवस्थापन र सुपरिवेक्षण प्रणाली (जीआइएस) लागू भएको हो । दियालो टेक्नोलोजी प्रालिले तयार गरेको सो सफ्टवेयर सोमबार एक कार्यक्रमको आयोजना गरेर हस्तान्तरण गरिएको हो । दियालो टेक्नोलोजीका प्रबन्धक रोषन गौतम र जन सम्पर्क अधिकारी उत्तम खड्काले संस्थाका अध्यक्ष मेघराज बास्तोला, सल्लाहकार हर्कलाला गिरी लगायत संस्थाका पदाधिकारीलाई हस्तान्तरण गर्नु भएको छ । जीआइएस प्रणाली मार्फत मिटर रिडिङका लागि एन्ड्रोइड मोबाइल एप्लिकेसन मिटरमार्क, बिलिङ व्यवस्थापन, सूचना र सञ्चारको लागि एसएमएस प्रणाली, अनलाइन प्रणाली बाट खानेपानी को महसुल भुक्तानी, बित्तीय लेखा, जिन्सी व्यवस्थापन, ग्राहक सेवा व्यवस्थापन, ग्राहकका लागि स्वमिटर रिटिङ लगायतका सेवा सफ्टवेरको माध्यम बाट अनलाइन मार्फत हुने बताइएको छ । संस्थाको सम्पत्ति विवरण, रिपोर्टिङ, सुपरीवेक्षण, मूल्यांकन, पानीको महशुल निर्धारण, भविष्यको योजना, गुनासो र बक्यौता व्यवस्थापन लगायत सम्पूर्ण जानकारी एप्समै उपलब्ध हुने बताइएको छ । संस्थाका अध्यक्ष मेघराज बास्तोलाले संस्थालाई प्रविधीयुक्त बनाउन साधारणसभाबाटै निर्णय गरेर जी आईएस प्रणाली लागू गरिएको बताउनुभयो । अध्यक्ष बांस्तोलाले बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आफ्नै मोबाइल एप्लिकेसन निर्माण भएको बताउनु भयो । निर्माण भएको एप्स मार्फत डिजिटल नक्साबारे सम्पूर्ण जानकारी, नेभिगेसन एप्सका कारण मिटर रिडर, प्लम्बरसहित ग्राहकको घर पत्ता लगाउनेदेखि सम्पूर्ण निरीक्षण गर्न सकिने छ । कार्यक्रममा संस्थाका उपाध्यक्ष शैलेन्द्र सिटौला, कोषाध्य सारदा रिजाल, सदस्यहरु आनन्द गुरुङ, खगेन्द्र थापा, कमला अग्रवाल, बुधवारे खानेपानीका अध्यक्ष, मेचिनगर खानेपानीका अध्यक्ष साथै पदाधिकारी, जिल्ला खानेपानी डिभिजन कार्यालयका प्रमुख  लगायतको आतिथ्य रहेको कार्यक्रम सचिव पारशमणि मैनालीले सञ्चालन गर्नुभएको थियो ।
सम्बन्धित खबर