बुधवार, असोज ३०, २०८१
Sancharmanch

बुद्धशान्ति गाउँपालिकामा राष्ट्रिय हात्तीपाइले रोग निवारण आम औषधि सेवन कार्यक्रम आइतबार बाट सुरु

आइतवार, वैशाख १६, २०८१
झापा/ झापाको बुद्धशान्ति गाउँपालिकामा राष्ट्रिय हात्तीपाइले रोग निवारण आम औषधि सेवन कार्यक्रम आइतबार बाट शुभारम्भ गरिएको छ । आईतबार बुद्धशान्ति गाउँपलिकाको कार्यलय बाट सुरू गरि बुद्धआदर्श माद्यमिक विद्यालयका विद्यार्थिहरूलाई समेत खुवाईएको र भोलिवाट बुध्दशान्ति गाउँपालिकाका ७ वटै वडा बाट हात्ती पाइले रोग निवारक आम औषधि वितरण शुरूगरिएको जनस्वाथ्य निरिक्क्षक धिरेन कुमार यादबले बताउनु भयो । बुद्धशान्ति गाउँपालिकामा आज एक कार्यक्रमको आयोजना गरि गाउँपालिका अध्यक्ष मनोज प्रसाई उपाध्यक्ष भवानि प्रसाद खतिवडा बुद्धशान्ति स्वाथ्य साखा प्रमुख धिरेन कुमार यादब लगायतले औषधी सेवन गरेर कार्यक्रमको सुभारम्भ गरिएको थियो । राष्ट्रिय अभियान अन्तर्गत बुद्धशान्ति गाउँपालिकामा पनि कार्यक्रम सञ्चालन गरिएको बताउँदै उपाध्यक्ष भवानि प्रसाद खतिवडाले यस वर्ष बिगतमा भन्दा फरक तरिकाले औषधी खुवाईले बताउनुभयो । कार्यक्रममा बुधबारे जेसिजका प्रतिनिधि फेयरमेडका कर्मचारि सम्पुर्ण वडा का वडा अध्यक्ष स्वास्थ्यका कर्मचारी महिला स्वास्थ्य स्वयम सेविका लगायतको उपस्थिति रहेको थियो । गाउँपालिका अध्यक्ष मनोज प्रसाईं उपाध्यक्ष भवानि प्रसाद खतिवडा प्रखुख प्रसासकिय अधिकृत बिनोद पोख्रेल स्वाथ्य प्रमख धिरेन यादब लगायतले हात्ती पाईले रोग निवारण औषधि सेवन गर्दै शुभारम्भ गरिएको कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष मनोज प्रसाईले प्रत्येक वडामा विभिन्न संघ संस्थाको सहयोग रहने बताउँदै पूर्णरुपमा खुवाउन सफल वडाका स्वास्थ्यकर्मीलाई पुरस्कृत गरिने बताउनुभयो । बुद्धशान्ति गाउँपालिका भित्रका ७ वटै वडामा स्वास्थ्यकमी स्वास्थ्य स्वयम सेविका, जनप्रतिनिधी सहितको २० वटा टोलि मार्फत औषधी खुवाउने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत बिनोद पोख्रेलले जानकारी दिनुभयो । सोमबार वाट बुद्धशान्ति गाउँपालिका भित्रका सम्पूर्ण वडाका घरघरमा पुगेर स्वाथ्यकर्मि मार्फत औषधि खुवाउने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ । र यो हात्तिपाईले बिरुद्धको औषधी बितरण यस वर्ष अन्तिम हुने पनि बताइएको छ ।
सम्बन्धित खबर