बुधवार, असोज ३०, २०८१
Sancharmanch

बुद्धशान्ति गाउँपालिकामा बन्ने भयो उपकरणसहितको ल्याण्ड फिल्ड साईड ।

शुक्रवार, वैशाख १४, २०८१
झापा/ झापाको बुद्धशान्ति गाउँपालिकामा अत्याधुनिक उपकरणसहितको ल्याण्ड फिल्ड साईड बन्ने भएको छ । संघिय सरकारको ९० लाख अनुदान सहयोगमा यो लेण्डफिल्ड साईड निर्माण गर्न लागिएको हो । गाउँपालिकाले लेण्ड फिल्ड साईड निर्माणका लागि इविडिङ मार्फत कन्सट्रक्सनको ठेक्का खुलाए अनुसार झापाकै बाहुनडाँगीमा रहेको शान्ति निर्माण सेवा प्रा.लि.ले ठेक्का पारीसकेको बताईएको छ । सम्झौता गरेर निर्माणको काम सुरु गर्न शुक्रबार गाउँपालिका प्रमुख तथा उप प्रमुखले संयुक्त रुपमा सो क्षेत्रमा बन्ने संरचनाको लागि सिलान्यास गरिएको छ । कुहिने नकुहिने फोहोर सेक्रिगेसन गरेर अत्याधुनिक मेसिन बाट ब्यवस्थापन गर्ने गाउँपालिका इन्जिनियर बिक्रम दाहालले बताउनुभयो । फोहोर भन्ने बित्तिकै आम नागरिकहरुको मनमा प्रदुषण बढाउने, समुदायमा हानि गर्ने भन्नेनै बुझाई रहनु स्वभाविक हो । तर यहाँ बन्न लागेको लेण्ड फिल्ड साईडमा भने फरक क्षमताको मेसिन वाट नष्ट गराउने जस्ले बातावरणलाई कुनै असर नगर्ने बताइएको छ । सुरुमा आफुले जमिन दिनको लागि हिचकिचाएको बताउँदै यसको महत्व र कार्य बुझेपछी जमिन लिजमा दिन आफु राजी भएको बुद्धशान्ति गाउँपालिका वडा नं. १ का स्थानिय सुजित बरालले बताउनु भयो । बुद्धशान्ति गाउँपालिका वडा नं. १ होक्सेको यस क्षेत्रमा गाउँपालिकाले स्थानिय सुजित बरालको ५ कठ्ठा जमिन २० वर्षका लागि लिजमा लिएर लेण्ड फिल्ड साईड निर्माण गर्ने भएको बताईएको छ । बुद्धशान्ति गाउँपालिकाले कहि फोहोर ब्यवस्थापनको बिकल्प नभेट्दा हाल भने खोला किनारमा बाटो निर्माण गर्न प्रयोग भइरहेको गाउँपालिका उपाध्यक्ष भवानी प्रसाद खतिवडाले बताउनुभयो । बुद्धशान्ति गाउँपालिकाले राष्ट्रिय योजना आयोगसँग माग गरेको बजेट अनुरुप प्राप्त बजेट बाट निर्माण गर्न लागिएको गाउँपालिका प्रमुख मनोज प्रसाईले बताउनुभयो । स्थानिय नागरिकहरु फोहोर भन्ने बित्तिकै तर्सि रहेको सन्दर्भलाई जोड्दै प्रमुख प्रसाईले जग्गा दातालाई धन्यवाद दिनुभयो । बुद्धशान्ति गाउँपालिकाले बढ्दो जनघनत्वलाई मध्यनजर गर्दै बातावरण अनुकुलको मेसिन प्रयोग गरेर फोहोर ब्यवस्थापनका लागि निर्माणको काम अगाडि वढाएको छ । जस्ले गर्दा गाउँपालिकाको सुन्दरतामा थप टेवा पुगेको देखिन्छ ।
सम्बन्धित खबर