बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

निर्माण सम्पन्न भागिरथा बुद्धशान्ति अस्पतालको सुभसाईत गरियो

शुक्रवार, वैशाख १४, २०८१
झापा/ झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ३ मा निर्माण सम्पन्न भागिरथा बुद्धशान्ति अस्पतालको शुक्रबार एक कार्यक्रमको आयोजना गरि सुभसाईत गरिएको छ । पुरोहित द्वारा बिधिवत मन्त्रोउच्चारण सहित सुभ साइत गरिएको अस्पताल बाट चाँडै सेवा सुचारु हुने बताइएको छ । अस्पताल निर्माण भए पनि नामाङ्करणमा समस्या भएको बताउँदै स्वास्थ्य बिमा पादर्शी बनाउँदै चौविस घन्टे सेवा सहित बर्थिङ सेन्टर स्थापनाका लागि पहल गरिने बुद्धशान्ति गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धिरेन्द्र कुमार यादबले बताउनु भयो । भागिरथा बुद्धशान्ति अस्पताल निर्माणका लागि बहु वर्षे ठेक्का बाट काम भएको बताइएको छ । सम्पन्न गर्नु पर्ने मिति भन्दा अगावै निर्माण सम्पन्न गरी शान्ति निर्माण सेवा प्रा.लि.ले शुक्रबार अस्पताल भवन गाउँपालिकालाई हस्तान्तरण गरेको छ । अस्पताल कहाँ निर्माण गर्ने भन्ने बारेमा सुरु सुरुमा अन्योल सिर्जना भए पनि दाताले सर्त अनुसार जग्गा दिएको ठाउँ विधिवत रुपमा सुभसाईत गरिएको बुद्धशान्ति गाउँपालिका उप प्रमुख भवानी प्रसाद खतिवडाले बताउनुभयो । तिन वटा जिल्लाको निकास हुने मेचि राजमार्गको समिपमा निर्माण भएको १० वेडको बुद्धशान्ति अस्पताल सन्चालनमा आउँदा झापा इलाम पाचथर ताप्लेजुङ विभिन्न जिल्लाका नागरिकलाई समेत सेवा पुन्ने देखिएको छ । गाउँपालिका परिसरमा रहेको अस्पताललाई स्थानान्तरण गरेर निकट भबिश्यमा नवनिर्मित भवन बाट सेवा सुरु गरिने बुद्धशान्ति गाउपालिका अध्यक्ष मनोज प्रसाईले बताउनु भयो । बुद्धशान्ति गाउँपालिका बाट प्रतिनिधीमुलक ढंगबाट गाउँपालिका प्रमुख, उप प्रमुखको कोरीया भ्रमण बाट पालिकामा विभिन्न अवसरहरु सिर्जना भइरहेको सन्दर्भमा फेरी पनि कोरियाली सरकारले स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने प्रस्ताव राखेको बताईको छ । अस्पताल सञ्चालनमा लागि सुभ साईत गरिरहदा कोरिया वाट स्वास्थ्य परिक्षणका लागि मेसिन प्राप्त हुने मेल आएको गाउँपालिका प्रमुख मनोज प्रसाईले बताउनु भयो । शुक्रवार गाउँपालिका अध्यक्ष मनोज प्रसाईं पालिका उपाध्यक्ष भवानि खतिवडाले संयुक्त रुपमाभवनको ताला खोलेर अस्पताल भवनको सुभ साईत गर्नु भएको छ । कार्यक्रममा प्रमुख प्रसासकिय अधिकुत विनोद पोख्रेल सम्पुर्ण वडाका वडा अध्यक्ष कार्यपालिका सदस्य लगायत स्थानिय समाज सेवि जनप्रतिनिधी लगायको उपस्थितिमा अस्पतालको सुभसाईत भए सँगै अव बुद्धशान्ति गाउँपालिकाले स्वाथ्य क्षेत्रमा गरेको लगानिको प्रतिफल देखिएको छ ।  
सम्बन्धित खबर