बुधवार, असोज ३०, २०८१
Sancharmanch

कारितास नेपाल बिषादी न्युनिकरणका लागि ग्रामिण क्षेत्रमा संघर्ष गर्दै

शुक्रवार, वैशाख १४, २०८१
झापा / कारितास नेपालले बिषादी न्युनिकरणका लागि ग्रामिण क्षेत्रलाई केन्द्रित गर्दै झापाको कनकाई नगरपालिकामा जैबिक पद्धति द्वारा कृषि उत्पादनमा जोड दिइरहेको छ । कनकाई नगरपालिकाको वडा नं. २ मा ३ वटा समूह र नगरकै अर्को वडा नं. ९ मा पनि अर्को समूह निर्माण गरी बिषदी न्युनिकरणमा जोड दिइरहेको हो । कारितास नेपालले समूहमा मात्रहैन बिद्यालयका विद्यार्थि स्तरसम्म पनि बिषदी न्युनिकरणका लागि कार्यक्रम सञ्चालन गरिरहेको छ । कनकाई नगरपालिका वडा नं. २ मा रहेको सरस्वती माध्यमिक बिद्यालयमा समेत बाल क्लवका बिद्यार्थीहरुलाई नेपाल जिविको पार्जन तथा उथ्थानशिलता कार्यक्रम मार्फत बिषादीको प्रभावका बारेमा जानकारी गराएरहेको छ । कारितास नेपालका बरिष्ठ आइपिएम अधिकृत टंक कट्टेलको नेतृत्वमा बिद्यालय स्तरका कार्यक्रम सहजिकरणका लागि आईपिएम प्राविधिक कृष्ण कोइराला र कारितास नेपालकै डकुमेन्ट अधिकृत सोम मगरको टिमले सरस्वती मा.वि.का बिद्यार्थिहरुलाई विषादीको कु प्रभावका बारेमा जानकारी गराउने कार्यक्रम निरन्तर गरिरहेको छ । जसका लागि बिद्यालयको तर्फ बाट प्रधानाध्यापक नारायण अधिकारी, सहायक प्र.अ. निर्मल खनालको सकारात्मक साथ र सहयोग रहेको छ । बिषादीको कु प्रभावका बारेमा जानकारी गराउनकालागि नेपाल जिविको पार्जन तथा उत्थानशिलता कार्यक्रम मार्फत वडा नं. २ को यो सरस्वती मा.वि.मा नयाँ शैक्षिक सुरु हुने बित्तिकै बाल क्लव पुरगठन गर्ने काम सम्पन्न गरेको छ । सँगसँगै बिद्यार्थिहरुलाई विषादीको नकारात्मक असरका बारेमा जानकारी गराउने कामको सुरुवात गरेको छ ।
सम्बन्धित खबर