बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

बिर्तामोडका कृष्ठ प्रभावितहरुलाई अभिमुखिकरणसहित सामग्री हस्तान्तरण

बिहिवार, वैशाख १३, २०८१
बिर्तामोड । बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाले कुष्ठ प्रभावितहरुलाई स्वयम् हेरचाह सम्बन्धी अभिमुखिकरण प्रदान गर्दै सामग्री हस्तान्तरण गरेको छ । बुधबार नगर अस्पतालमा आयोजित एक कार्यालयका बीच कुष्ठ प्रभावितहरुलाई सचेतना प्रदान गर्दै स्वास्थ्य सरसफाईका लागि सामग्री वितरण गरिएको हो । ३० जना कृष्ठ प्रभावितहरुलाई नगर प्रमुख पवित्रा महतारा प्रसाईले सामग्री हस्तान्तरण गर्नुभएको हो । सरसफाईका लागि औषधि, बाटा, मग, जुत्तामोजा लगायतका सामग्री हस्तान्तरण गरिएको थियो । सिनियर अहेव दिपक सापकोटाका अनुसार प्रभावितहरुलाई दुई घण्टाको अभिमुुखिकरण समेत प्रदान गरिएको थियो । जिल्लाकै उच्च जोखिम रहेको बिर्तामोड नगरपालिकामा बालबालिकाहरुमा समेत कुष्ठरोग फेला परेको छ । बालबालिकाहरुमै रोग देखिएपछि समुदायमा फैलावट धेरै भएको बताइएको छ । स्वास्थ्य शाखाले समुदायसम्म पुगेर कुष्ठरोगका संक्रमित विरामीहरुको खोज पड्तालसँगै विरामीहरुको उपचारमा सहजीकरण गरिरहेको छ । उक्त कार्यक्रममा नगरप्रमुख पवित्रा महतारा प्रसाईले सरसफाईमा विशेष ख्याल गर्न आग्रह गर्नु भएको छ । उहाँले कुनै समस्या भए तत्कालै नगर अस्पताल आएर उपचारमा सहयोग लिन सूझाव दिनुभयो । नागरिकको स्वास्थ्य सेवामा नगरपालिका प्रतिवद्ध रहेको उहाँको भनाई छ ।
सम्बन्धित खबर