बुधवार, असोज ३०, २०८१
Sancharmanch

आदर्श च्यालेन्ज कप प्रतियोगिता २०८० को खेल तालिका सार्वजनीक

मङ्गलवार, वैशाख ११, २०८१
झापा/ आदर्श युवा क्लबको आयोजनामा हुने आदर्श च्यालेन्ज कप प्रतियोगिताको खेल तालिका सार्वजनीक भएको छ । प्रतियोगितामा नेपाल र भारतका आठ वटा टिमको सहभागिता रहने पक्का भए सिँगै आयोजकले मंगलबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर जानकारी टिम सहितको खेल तालिका सार्वजनिक गरेको हो । बुद्धशान्ति गाउँपालिकाको नमुना बिद्यालयको खेल मैदानमा आयोजना गर्न लागिएको आदर्श च्यालेन्ज कप प्रतियोगिता २०८० का लागि मुख्य प्रायोजकको रुपमा बुद्धशान्ति गाउँपालिका रहेको प्रतियोगिता संयोजक मनेष दाहालले जानकारी दिनुभयो । २०७० सालमा सुरु भएको प्रतियोगिताको २०७१ सालमा दोस्रो संस्करण भएको थियो । दोस्रो संस्करणपछि कोरोना महामारीसँगै बिभिन्न कारणले स्थगित प्रतियोगिता यस वर्ष भने तेस्रो संस्करणको रुपमा आयोजना हुदैछ । खेल मैदानका लागि बुद्धशान्ति गाउँपालिका बाट पहल हुनु पर्ने बताउँदै बुद्ध आदर्श मा.वि.का बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मनोरथ तिवारीले आगामी खेल कार्यक्रम आयोजना गर्नु पूर्व मैदानको बिकल्प खोज्न समेत आग्रह गर्नुभयो । प्रतियोगिताका लागि खेल मैदान ब्यवस्थापन गर्ने काम समेत भईसकेको छ । दर्शकको सुविधाका लागि बाँसको प्रयोग गरी अस्थायी प्यारापिट निर्माण गर्ने काम भएको छ । प्रतियोगितामा आदर्श युवा क्लब बुद्वशान्ति, ध्रुबतारा स्पोर्टिङ क्लब दमक, मानेभञ्ज्याङ एफसी भारत, धरान एफसी, बिर्तामोड युनाइटेड, नर्थ बंगाल एफसी भारत, रेड हर्ष एफसी इलाम र बेलबारी एफसी मोरङको सहभागिता रहने आयोजक संस्थाले जनाएको छ । बुद्धशान्ति गाउँपालिकाले खेल मैदान ब्यवस्थापनका लागि पहल गरिरहेको बुद्धशान्ति गाउँपालिका वडा नं. ३ का अध्यक्ष पर्शुराम चेम्जोङले बताउनु भयो । प्रतियोगितालाई सोभामय बनाउन हरेक दिन सांस्कृतिक कार्यक्रम, विभिन्न जात जातीका झाँकी प्रदर्शन गरिने बताइएको छ । इन्दिरा फाउण्डेसनको सह प्रायोजन रहने प्रतियोगिताको प्राविधिक सहयोग झापा जिल्ला फुटबल संघले गर्ने भएको छ । प्रतियोगिताको बिजेताले नगद २ लाख, उपबिजेताले १ लाख ट्रफी र मेडल पाउने छन । प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले नगद ३ हजार रुपैया पुरस्कार पाउने छन् । फाईनल खेलका उत्कृष्ठ गोलरक्षक, डिफेण्डर, मिडफिल्डर, स्ट्राइकर र उदियमान खेलाडीले जनही ५ हजार रुपैया पुरस्कार पाउने छन् । प्रतियोगितामा २१ लाख ९६ हजार रुपैया खर्च हुने अनुमान गरिएको छ ।
सम्बन्धित खबर