बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ मा झोल साबुन बनाउने तालिम सम्पन्न

सोमवार, वैशाख १०, २०८१
झापा/ झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ मा रहेको नौलो बिहानी उद्यमी महिला समूहको आयोजनामा नुहाउने साबुन, हार्पिक, फिनेल साथै झोल साबुन बनाउने ४ दिने तालिम सम्पन्न भएको छ । बुद्धशान्ति गाउँपालिकाको आर्थिक सहयोग तथा उद्यमी महिला समुहको आयोजनामा बुद्धशान्ति वडा नं ४ को सटाभर्ना स्थित गणेश चोकमा बैशाख ६ गते बाट ९ गते सम्म ४ दिने साबुन बनाउने तालिममा ३० जना महिला आमा दिदी बहिनिहरूको सहभागीता रहेको थियो । महिला आमा दिदी बहिनिहरूको लागि गाउँपालिकाले बिबभिन्न समयमा आर्थिक अवस्था सबल बनाउने कार्यक्रम सँगै लैगिक हिंसा न्युनिकरणको सन्दर्भमा पनि विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको छ । महिला दिदी बहिनिहरूको लागी जिवनस्तर सुधारका लागि सीप सिकाएर उध्यमी साथै स्वरोजगार बनाउदै आय आर्जनको माध्यम बाट आत्मनिर्भर बनाउन गाउँपालिकाले प्रयत्न गरिरहेको बताउदै आगामी दिनमा थप सहयोग गर्न गाउँपालिका तत्पर रहेको अध्यक्ष मनोज प्रसाइले बताउनुभयो । महिला हरूको जिवन स्तर सुधारका लागि सीप सिकाएर उध्यमी स्वरोजगार र सिपमुलक बनाउने र उनीहरूको आय आर्जनको माध्यम सिर्जना गरेर आत्मनिर्भर बनाउन वडाले विभिन्न कार्यक्रमको आयोजना गरेको वडा नं ४ का अध्यक्ष शेर वहादुर रायले बताउनुभयो । ४ दिवसीय तालिमको सहजिकरण बुद्धशान्तिका २ जयपुरका रूद्र प्रसाद भट्टराई र सीता देवि बानियाले गर्नु भएको थियो । नौलो बिहानी उद्यमी महिला समूहकी अध्यक्ष याम माया नेम्वाङको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईको प्रमुख आतिथ्यता रहेको थियो । संस्थाकी कोषाध्यक्ष शान्ति भण्डारीले स्वागत गर्नु भएको कार्यक्रमको संस्थाकी अध्यक्ष याम माया नेम्वाङले औचित्यमाथि प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको संचालन संस्थाकी सचिब रोस्नि राईले गर्नु भएको थियो । कार्यक्रममा दारी ग्याङ झापाका अध्यक्ष गोकुल पौडेल स्थानिय समाज सेवि सुमन खालिन,श्री नौलो बिहानी उद्यमी महिला समूह बुद्धशान्ति ४ का सम्पुर्ण पदाधिकारी सन्चारकर्मी लगायतको आतिथ्यता रहेको थियो ।
सम्बन्धित खबर