बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

बुद्धशान्तिका धावक जिवनाथ अधिकारि पूरा गरे मेचि महाकाली दैड/ गाउँपालिकाले गर्यो भब्य सम्मान

बुधवार, वैशाख ५, २०८१
झापा/ बुद्धशान्तिका धावक जिवनाथ अधिकारि मेचि महाकाली दैड पूरा गर्नु भएको छ । २२ दिनमा दौड पूरा गर्नु भएका अधिकारीलाई बुद्धशान्ति गाउँपालिकाले मंगलबार एक कार्यक्रमको आयोजना गरेर भब्य सम्मान गरेको छ । झापा बुद्धशान्ति गाउँपालिका वडा नं ६ का स्थानिय जिवनाथ अधिकारीले २०८० चैत्र ०७ गते बुधबार मेचीको पुल बाट मेची –महाकाली दौड यात्रा प्रारम्भ गर्नु भएको थियो । बुद्धशान्ति गाउँपालिका वडा नं ६ का ५२ वर्षीय धावक जीवनाथ अधिकारीले २०८० चैत्र २८ गते २२ दिनमा १०५० किलोमिटर दौड सफलता पुर्वक समापन गर्नु भएको बताइएको छ । धावक अधिकारीलाई मंगलबार बुद्धशान्ति गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरेर सम्मान गरेको छ । सम्मान कार्यक्रममा गाउपालिका अध्यक्ष मनोज प्रसाइले यात्राका क्रममा मेची देखि महाकाली सम्म विभिन्न पालिका,ब्याक्तित्व एवम् संघसंस्थाहरु मार्फत वहाँको यात्रा लाई सफल बनाउन आआफ्नो आफ्नो स्थान बाट सहयोग एवम् समन्वयका निम्ति सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद दिदै स्वास्थ रहन दौड अनिवार्य छ,खेलकुद को माध्यम बाट शारीरिक तन्दुरुस्तीका साथ सिङ्गो राष्ट्र लाई नै चिनाउन सफल भएका भन्दै खुसि व्यक्त गर्नु भयो । त्यस्तै पालिका उपाध्यक्ष भवानि प्रसाद खतिवडाले जीवनभर आफू र आफ्नो ठाउँको नाम राख्न प्रयत्नरत अधिकारीले यतिबेला मेची –महाकाली दौडेर झापा जिल्लाको उत्तरपुर्वी झापाको एक गाउँमा जन्मेर चर्चा भन्दा पनि आफ्नो र गाउँपालिकाको परिचय उच्च बाएको बताउनु भयो । कार्यक्रममा सम्पुर्ण वडा का वडा अध्यक्ष गाउँपलिकाका प्रतिनिधि स्थानिय समाज सेवि सन्चार्कर्मी लगायतको उपस्थिति रहेको थियो । उमेरले आधा शताब्दी नाघेसी हेमन्त रानाको गीत जस्तै ४० कटेसी रमाउला भनेर आफ्नो दैनिकी भुल्नेहरु धेरै छन् । तर जीवनाथमा रहेको परिचय बदल्ने हुटहुटी आफैंले पुरा गर्दै बुद्धशान्तिका लागि आफू केही गरेर देखाउने हिम्मत भएको धावक जिवनाथ अधिकारीले बताउनुभयो । सुगम झापाको दुर्गम भूगोलमा गायन, कलाकारिता, वा केही तरक्की गर्नेहरु नभएका भने होइनन् तर कसैले पनि यो स्थानका लागी स्थायी परिचय बनाउन नसकेको भने पक्का हो । ठुटेबर ढलेपछि शान्तिनगरले स्थायी परिचय पाउन नसकेको खडेरीमा जीवनाथ नयाँ पाउला बनेर सान्तिनगरमै फर्केका छन् ।
सम्बन्धित खबर