बुधवार, असोज ३०, २०८१
Sancharmanch

कोशी प्रदेस सरकारले भेटेरिनरी अस्पताल प्रदेसका ६ जिल्लामा बिस्तार हुने /पशु विज्ञ केन्द्र झापाको भवन उध्घाटन

सोमवार, वैशाख ३, २०८१
झापा/ कोशी प्रदेस सरकारले प्रदेशका थप ६ वटा जिल्लामा भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र स्थापनाको तयारी गरिरहेको भुमी उद्योग कृषि तथा सहकारी मन्त्रालयका मन्त्री रामकुमार खत्रीले बताउनु भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुरको नव निर्मित भवन उध्घाटन गर्दै मन्त्री खत्रीले यस्तो बताउनु भएको हो । कार्यक्रमा बोल्दै मन्त्री खत्रीले कृषि क्षेत्र सम्पुर्ण नागरिकको जिवन स्तर जोडिएको हुँदा कोशी प्रदेसले बजेट ब्यवस्थापन परिवर्तन गरेर अगाडि बढ्ने पनि बताउनुभयो । झापाको भद्रपुरमा रहेको यस विज्ञ केन्द्रको कार्य क्षेत्र इलाम र झापा रहेको छ । दुइ वटा जिल्लाको कार्यभार सम्हाल्न भने विज्ञ केन्द्रमा कर्मचारीको अभाव भएता पनि कृषकका समस्या समाधानमा हर मग्दुर प्रयास गरिरहेको छ । नव निर्मित भवनका लागि १ करोड ७१ लाख ६७ हजार ८ सय ७३ रुपैयाँमा ठेक्का लागेको भवन निर्माण गर्ने कम्पिनीले हाल सम्ममा १ करोड ६७ लाख २३ हजार ७८ रुपैयाँ भुक्तानी भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुरका कार्यालय प्रमुख शितल भट्टराईले बताउनुभयो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुरको नव निर्मित भवन बाहिरि बनोटको काम मात्र सम्पन्न भएको छ । थप ब्यवस्थापनका लागि काम गर्न बाँकी रहेको देखिन्छ जसका लागि प्रदेश वाट सहयोग गर्दै कर्मचारी ब्यवस्थापन कार्य अगाडि वढाउने भुमी उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिव लेखनाथ दाहालले बताउनुभयो । भद्रपुर नगरपालिकाको सेवा क्षेत्र भित्र पर्ने यस भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसँग नजिक रहेर सेवा लिइरहेको भद्रपुर नगरपालिकाले कृषि तथा पशु बिकासमा उपयुक्त बजेट ब्यवस्थापन गरेर अगाडि वढेको भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोख्रेलले बताउनु भयो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुरको नव निर्मित भवन उध्घाटन कार्यक्रमलाइृ सम्बोधन गर्दै जिल्ला समन्वय इकाई झापाका प्रमुख बिश्वनाथ बरालले युवा जनशक्ती कृषि क्षेत्र बाट पलाएन हुँदै गरेको उल्लेख गर्दै यस प्रति सचेत रहनु पर्ने बताउनु भयो । जिल्ला समन्वय समिति झापाका प्रमुख बिश्वनाथ बरालको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अथिति भुमी उद्योग कृषि तथा सहकारी मन्त्रालयका मन्त्री रामकुमार खत्री रहनु भएको थियो । भेटेरिनरी अस्पताल तथा शिु सेवा विज्ञ केन्द्र भद्रपुरका भेटेरिनरी अधिकृत गणेश भट्टराईले सञ्चालन गर्नु भएको कार्यक्रम भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुरकी कार्यालय प्रमुख शितल भट्टराईले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको थियो ।  
सम्बन्धित खबर