बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

आगलागि पिडितलाई राहत दिदै रामधुनि आमा समूहले मनायो नयाँ वर्ष २०८१

आइतवार, वैशाख २, २०८१
झापा/ झापाको बिर्तामोड नगरपालिकामा स्थापना भएको उर्जाशील रामधुनी आमा समूहले नयाँ वर्ष २०८१ को शुभकामना आदान प्रदानसहित राहत बितरण गरेको छ । बिर्तामोड नगरपालिका वडा नं. ५ बसपार्कको सुकुम्बासी टोलमा भएको आगलागि बाट पिडित २ जना महमद कालु र बद्रि कुमार दर्जीको परिवारलाई पाँच हजार नगद राहत प्रदान गर्दै दुःखमा हाँसो छर्नका लागि कार्यक्रमको आयोजना गरेको समूहकी अध्यक्ष गंगा सिवाकोटी ढकालले बताउनुभयो । कार्यक्रमकै अवसरमा नेपाल लाइफ इन्सोरेन्स पेशागत बिमा अभिकर्ता संघकी अध्यक्ष तारा कार्कीलाई समेत सम्मान गरेको थियो । कार्यक्रममा बोल्दै सम्मानित कार्कीले समूहले पैसा उठाएर सहयोग गर्ने गरेको उल्लेख गर्दै सबैको प्रयास सराहनिय रहेको बताउनुभयो । धार्मिक तथा शैक्षिक क्षेत्रमा झापा जिल्लामा रहेर योगदान गर्नु हुने कनकाई आदर्श क्याम्पसका फउण्डर जयनारायण ढुंगानाले आफुले समाज परिवर्तनका लागि प्रयास गरिरहेको बताउनुभयो । ग्रामिण क्षेत्रलाई ढिकी जाँतो मुक्त गर्न योगदान गरेको स्मरण गर्दै ढुंगानाले आफुले राजनितिक जिवनको समेत अनुभव गरेको वताउनुभयो । उर्जाशील रामधुनि आमा समूहले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रम संस्थाकी कार्यसमिति सदस्य मनिता खुलालले सम्योजन गर्नु भएको थियो त्यसै गरी सह सम्योजकमा प्रमिला पौडेल रहनु भएको थियो । कनकाई आदर्श क्याम्पसका फाउण्डर साथै समाज सेवी जय नारायण ढुंगानाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा समूहकी अध्यक्ष गंगा सिवाकोटी ढकालको प्रमुख आतिथ्यता रहेको थियो । संस्थाकी सदस्य सकुन मैनालीले स्वागत गर्नु भएको कार्यक्रम संस्थाकी सचिव टिका प्रसाई मैनालीले सञ्चालन गर्नु भएको थियो ।
सम्बन्धित खबर