बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

झापाको बुद्धशान्तिमा दुई दिवसीय सकारात्मक सोच तथा तनाव ब्यवस्थापन कार्यक्रम सम्पन्न

मङ्गलवार, चैत २७, २०८०
झापा/ झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ मा लालीगुराँस आमा समूहले सचेतना मुलक कार्यक्रम अन्तर्गत दुई दिवसीय सकारात्मक सोच तथा तनाव ब्यवस्थापन कार्यक्रम सम्पन्न गरेको छ । बुद्धशान्ति गाउँपालिकाको आर्थिक सहयोग तथा लालीगुराँस आमा समुहको आयोजनामा बुद्धशान्ति वडा नं ४ को जेष्ठ नागरिकको सभाहलमा २५र२६ गते विभिन्न १२ वटा आमा समुहका आमा दिदी बहिनिहरूको उल्लेख्य उपस्थितिमा सचेतनामुलक दुई दिवसीय सकारात्मक सोच तथा तनाव ब्यवस्थापन कार्यक्रम सम्पन्न गरेको हो । लालिगुराँस आमा समुहकी अध्यक्ष मिरा भुर्तेको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानी प्रसाद खतिवडाको प्रमुख आतिथ्यता रहेको थियो । दुई दिवसीय सकारात्मक सोच तथा तनाव ब्यवस्थापनको सहजिकरण मेचिनगर लेडिज धुलाबारीकी संस्थापक अध्यक्ष कविता शर्माले गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथी पालिका उपाध्यक्ष भवानि प्रसाद खतिवडाले आफ्ना भनाई राख्दै महिला आमा दिदी बहिनिहरूको लागि गाउँपालिकाले यस अघि पनि महिला हरूलाई आर्थिक अवस्था सबल बनाउने कार्यक्रम सँगै लैगिक हिंसा न्युनिकरणको सवालमा पनि विभिन्न कार्यक्रम संचालन गरेको बताउदै उहाँले भन्नुभयो यश पटक पनि महिला दिदी बहिनिहरूको लागी सकारात्मक सन्देश प्रवाह गराउन गाउँपालिकाले आर्थिक सहयोग र समन्वय गरेको र आगामी दिनमा पनि गाउँपालिकाले गर्नु पर्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै कार्यक्रममा आफ्ना भनाई राख्दै वडा नं ४ का वडा अध्यक्ष शेर वहादुर रायले महिला हरूको जिवन स्तर सुधारका लागि यहाँका महिला दिदी बहिनि हरूलाई सीप सिकाएर उध्यमी स्वरोजगार र सिपमुलक बनाउने र उनीहरूको आय आर्जनको माध्यम सिर्जना गरेर आत्मनिर्भर बनाउन वडाले विभिन्न कार्यक्रमको आयोजना गरेको बताउनु भयो । संस्थाकी उपाध्यक्ष ज्ञानु थापाले उपस्थित सम्पुर्ण अतिथिहरूलाई साब्दिक स्वागत गर्नु भएको कार्यक्रममा संस्थाकी पुर्ब सचिब गिता ढुङ्गानाले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको संचालन संस्थाकी सदस्य दुर्गा ढुङगेलले गर्नु भएको थियो ।
सम्बन्धित खबर