बुधवार, असोज ३०, २०८१
Sancharmanch

झापाको बुद्वशान्तिमा बैशाख १५ गतेदेखि तेस्रो आदर्श च्यालेञ्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

मङ्गलवार, चैत २७, २०८०
झापा\ झापाको बुद्वशान्तिमा बैशाख १५ गतेदेखि तेस्रो आदर्श च्यालेञ्ज कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । आदर्श युवा क्लब बुद्धशान्ति को आयोजनामा सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका गरि आठ ओटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ । सञ्चारकर्मीको राय माग गर्न पत्रकार भेटघाटको कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष मात्रीका श्रेष्ठले जनाकारी दिनुभयो । प्रतियोगिता बुद्धशान्ति गाउँपालिकामा रहेको नमुना बिद्यालय बुद्धआदर्श माविको खेल मैदानमा आयोजना गरिने जनाईको छ । बिद्यालयको शैक्षिक वर्षको अन्त्य भएर बिद्यालय भर्नाको कार्यक्रम सञ्चालन हुने समय सुरु हुनै लागेको छ । प्रतियोगिताले बिद्यार्थिहरुका लागि पनि सिकाई हुने साथै बिद्यार्थिको पढाइमा कुनै पनि असर नहुने गरि आयोजना गरिएको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मनोरथ तिवारीले जानकारी दिनुभयो । २०७० सालमा सुरु भएको प्रतियोगिताको २०७१ सालमा दोस्रो संस्करण भएको थियो । दोस्रो संस्करणपछि स्थगित प्रतियोगिता यो बर्ष तेस्रो पटक प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता भब्यरुपमा सम्पन्न हुने झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मगरले बताउनु भयो । प्रतियोगिताको बिजेताले नगद २ लाख, उपबिजेताले १ लाख ट्रफी र मेडल पाउने छन । प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले नगद ३ हजार रुपैया पुरस्कार पाउने छन् । बिभिन्न बिधका खेलहरु सम्पन्न गरेको आदर्श युवा क्लबले खेल क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको वडा अध्यक्ष पर्शुराम चेम्जोङले बताउनु भयो । प्रतियोगितामा फाईनल खेलका उत्कृष्ठ गोलरक्षक, डिफेण्डर, मिडफिल्डर, स्ट्राइकर र उदियमान खेलाडीले जनही ५ हजार रुपैया पुरस्कार पाउने छन् । प्रतियोगितामा २२ लाख ५० हजार रुपैया खर्च हुने अनुमान गरिएको आयोजक क्लबका नि बर्तमान अध्यक्ष मनेष दाहालले जानकारी दिनुभयो । प्रतियोगितालाई भब्य बनाउन हरेक दिन सांस्कृतिक कार्यक्रम, विभिन्न जात जातीका झाँकी प्रदर्शन गरिने तयारी रहेको आयोजक समितिले जनाएको छ । क्लबका निकर्तमान अध्यक्ष मनेश दाहालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम संस्थाका सचिव दुर्योधन सिंह (देव) ले सञ्चालन गर्नु भएको थियो ।
सम्बन्धित खबर