बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

झापाको कनकाई नगरपालिका वडा नं. ९ मा १५ दिने झोला बनाउने तालिम समापन

शनिवार, चैत २४, २०८०
झापाको कनकाई नगरपालिका वडा नं. ९ मा १५ दिने झोला बनाउने तालिम समापन भएको छ । वडाको रु एक लाख पच्चिस हजारको आर्थिक सहयोगमा उक्त तालिम सम्पन्न भएको हो । शुक्रबार समापन गरिएको तालिम बाट वडाका १६ जना महिला दिदि बहिनिहरुलाई झोला निर्माणका लागि बेसिक शिप प्रदान गरिएको छ । छोटो समयमा राम्रो शीप सिकेको तालिममा सहभागि यसोदा आचार्यले बताउनुभयो । बिगतमा बिभिन्न आइ एन जि ओहरुले सञ्चालन गर्ने कार्यक्रममा खाजा तथा भत्ताको ब्यवस्थापन बाट समाजको आशा खाजा र भत्तामा मात्र केन्द्रित भएको जस्तो देखिएको छ । वडा सदस्य तारा दर्नाले महिलाहरुलाई शीप सिकाउँदा भत्ता सहितको ब्यवस्थापन हुनु पर्ने कानुनी ब्यवस्था रहेको भए पनि त्यो वडा बाट गर्न नसकेको बताउँनु भयो । गोपाल गौरी दिगो बिकास प्रतिष्ठानले वडामा सञ्चालन गरेको तालिम दुइ सिप्टमा सञ्चालन गरेको बताईको छ । हरेक सिप्टका प्रशिक्षार्थीहरुले दैनिक ३ घण्टाको समय प्राप्त गरेको हुँदा खाजा र भत्ताको ब्यवस्थापन गरिरहन जरुरी देखिदैन । तालिम उच्च कोटीको रहेको उल्लेख गर्दै अघिल्लो समयमा सञ्चालन भएको तालिम भन्दा भिन्न रहेको तालिममा सहभागि कल्पना मगरले बताउनु भयो । १५ दिने तालिममा महिलाहरुले घरको काम सकाएर सहभागि हुन सक्ने गरी समय ब्यवस्थापन गरिएको थियो । गोपाल गौरी दिगो बिकास प्रतिष्ठानले २ सिफ्टमा तालिमको आयोजना गरेर राम्रो सँग शीप प्रदान गरेको बताउँदै आगामि वर्ष नगरपालिका वाट प्राप्त बजेट सिलिङको क्षमता हेरेर कार्यक्रमको ब्यवस्थापन गर्ने वडा सदस्य नरमान श्रेष्ठले बताउनु भयो । आर्थिक रुपमा आत्म निर्भर बन्नका लागि तालिमले महत्वपूर्ण भुमिका निर्वाह गर्ने देखिएको छ । कनकाई नगरपालिका योजना शाखा सहायक मनिता राईले आफुले तालिम सञ्चालन हुँदा यस्तो गुणस्तरीय हुनेमा आफु ढुक्क नरहेको बताउँदै फिल्डमा आएर हेर्दा आफु सन्तुष्ठ रहेको बताउनुभयो । वडाले बिनियोजन गरेको बजेट बाट सञ्चालन भएको बेसिक तालिममा सहभागिहरुले एड्भान्स तालिमको समेत माग गरेका छन् । यसका लागि आगामि वर्ष बडालाई प्राप्त हुने बजेट सिलिङ्लाई मध्यनजर गरेर कार्यक्रम थप गर्ने वडा अध्यक्ष राजेन्द्र प्रसाद उप्रेतीले बताउनु भायो । १५ दिने झोला निर्माण तालिम समापन कार्यक्रममा गोपाल गौरी दिगो बिकास प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष इन्दिरा शर्माको अध्यक्षता रहेको थियो भने कार्यक्रमको प्रमुख अतिथिमा कनकाई नगरपालिका वडा नं. ९ का अध्यक्ष राजेन्द्र प्रसाद उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियो । गोपाल गौरी दिगो बिकास प्रतिष्ठानकी केन्द्रिय सदस्य खनिमायाँ श्रेष्ठले स्वागत गर्नु भएको कार्यक्रम झापा शाखा सचिव कमला सापकोटाले सञ्चालन गर्नु भएको थियो ।
सम्बन्धित खबर