बुधवार, असोज ३०, २०८१
Sancharmanch

गन्धर्व वस्तिमा मुख्य मन्त्रीको बास, समस्या समाधानमा पलायो आस !

बुधवार, चैत २१, २०८०
विराटनगर । कोशी प्रदेशका मुख्य मन्त्री सोमबार आफ्ना नियमित कार्यक्रम सकाएर लोपोन्मुख जाति ‘गन्धर्व’ बसोबास गर्ने झापाको कचनकवल गाउँपालिका २ तर्फ लाग्नुभयोे । समस्या नै समस्याले पिल्सिएका गन्धर्व समुदायले झमक्क साँझ परेको बेला आफ्नो वस्तीमा सुरक्षाकर्मीकासाथ मुख्य मन्त्रीलाई देखेर अचम्भितहुँदै हतार हतार स्वागत, सम्मानमा जुटे । तर,मुख्यमन्त्रीकार्की स्वागत, सम्मानको वास्तानगरी गन्धर्व वस्ती घुम्न अघिबढ्नुभयो । उहाँ गन्धर्व वस्तीको आगन आगनमा पुग्दै राती ८ बजे शिव गन्धर्वको आगनमा ओछ्याएको म्याटमा पलेटी बाँधेर बस्नुभयो । त्यतिकैमा गन्धर्व वस्तीका महिला, पुरुष, वृद्ध, वृद्धा लगायत बालबालिकाको भिड लाग्यो र उनीहरु खादा लगाएर मुख्य मन्त्री लाई सम्मान गर्न थाले । मुख्य मन्त्री कार्कीले धेरै सम्मान गर्नुहुँदैन, आज यही खाना खाएर बस्ने बोल्नु भयो । त्यस पछि शिव गन्धर्व र उनकी पत्नीले आगनको ट्यूवेलमा थाल पखालेर खाना पस्केर खान भान्छा कोठामा जान आग्रह गरेपछि मुख्य मन्त्री कार्की लगायत उहाँसँग रहेका सबैजना गएर खाना खाए । खाना पछी मुख्य मन्त्री कार्कीले गन्धर्व परिवारका सदस्यहरुसँग कुराकानी गर्न सुरु गर्नुभयो । उनीहरुले आफ्ना कथा र व्यथा सविस्तारमा सुनाए । ‘मुख्य मन्त्री ज्यूले हाम्रा समस्या हामी सँगै बसेर हामीले पकाएको खाएर सुनेर भलाकुसारी गर्नुभयो,’ स्थानीय नरमाया गन्धर्र्वले भभन्नुभयो, ‘हामीले यहाँ चुनाव जितेपछि नेता देख्न पाउँदैन थियौँ, अहिले त हामीसँग सँगै खानाखाने मुख्यमन्त्रीलाई घरमै भेट्टाएकाछौँ ।’ सरकार घरमै आएर आफूहरूका गुनासो सुनिदिएर सहजै समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको देख्दा पत्याउनै गााह्रो भएको उहाँले सुनाउनु भयो । स्थानीयले आफूहरूलाई समाजमा गाइनेको संज्ञा दिइएर हेपिइने गरेको गुनासो गरे । सो जातीको बस्तीको छेवैमा रहेको आदर्श आधारभूत विद्यालयमा गन्धर्र्व जातीको पहिचानहुने गरिको शिक्षालागू गराई गिर्दै गरेको शैक्षिक साखलाई फर्काउन, समुदायमा साक्षरता दर वृद्धि गर्नका लागि आवश्यक पहल गरिदिन मुख्यमन्त्री समक्ष स्थानीयको माग रहेको छ । स्थानीय शिव गन्धर्व भन्नुहुन्छ, लोप हुनलागेको सारङ्गी बाजाको संरक्षण हामीले गर्नु पर्दछ । मुख्य मन्त्री ज्यूले यसलाई चासोकासाथ लिएर वस्तुस्थिति बुझ्न समुदायमै आएकाले हामी बढी आसावादी छौँ ।’ उनीहरूले लोपोन्मुख जातीको रूपमा गन्दर्भ जातीलाई सूचिकृत गर्न माग गरे । ‘संविधान अनुसार यो जातीलाई लोपन्मूख जातीको रूपमा सूचिकृत गरिएमा हाम्रा अधिकारहरू प्राप्तहुन सहज हुन्छ । पूर्वाञ्चल गन्दर्भ संस्कृति उत्थान समाजका अध्यक्ष रविन गन्धर्वले भन्नुभयोे, मुख्य मन्त्री ज्यूको पहिलो हाम्रो समुदायका लागि पहिलो निर्णय यही हुने छ ।’ मुख्य मन्त्री कार्कीले सरकार खोज्दै जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्यका लागि आफू यहाँका स्थानीयससंग समस्याको समाधानका लागि संवाद गर्न आफूहरू यहाँ आएको उल्लेख गर्नुभयोे । सरकार पहुँच नहुनेको समेत घरघरमा गएर समस्याको समाधान गर्ने सरकार भएकाले समाजको वर्गलाई समान हैसियतमा ल्याउन मानवीय विकासमा जोड दिएर काम गरिरहेको उहाँले बताउनुभयो । ‘हामी आफैँले आफूलाई स्वीकार गर्न सक्नुपर्दछ उहाँले भन्नुभयो, आफूले आफूलाई स्वीकार गर्न सकेनौँ भने हामी तलको तलै हुन्छौँ । सरकारले त मानवीय विकासका योजना मार्फत सुरुवात गरिसकेको छ, तपाईँहरू पनि लाग्नूपर्यो, श्रमको सम्मान गर्नुप¥यो ।’ सो ठाउँमा ४९ घरधुरी रहेको गन्दर्भ समुदायको जनसङ्ख्या दुई सय ११ रहेको छ । मुख्य मन्त्री कार्कीले समुदायको उत्थानका लागि प्रर्वधनको योजना सरकारले ल्याउने बताउनुभयो । सोमबार राती समुदायमा पुग्नु भएका मुख्य मन्त्री कार्कीले सामाजिक विभेद अन्त्य र सामाजिक अवस्था, आवश्यकता र अपरिहार्यताको अध्ययनका लागि स्थानीय शिव गन्धर्वको घरमा सोमबार रातीको खाना र बास बसेर सन्देश प्रवाह गर्नु भएको छ । ‘उहाँले भन्नुभयो, अब मलाई अछुत पनि कसैले भन्छ त, म त तपाईँहरूको मा बसेँ खाना खाएँ, यो विभेद अन्त्यका लागि तपाई हामी नै लाग्नूपर्यो ।’ सो क्रममा उहाँले स्थानीय महिला स्वास्थ्य स्वयंसेविकासँग अन्तर सँवाद गर्दै हुलाकी सडक अन्तरगत अधुरो अवस्थामा रहेको माई खोलाको पुलको अवलोकन गर्दै मङ्गलवार विराटनगर फर्किनुभएको छ । पुलको निर्माण कार्यको गति बढाउन सरकारले ताकेता गर्ने उहाँले बताउनु भएको छ ।
सम्बन्धित खबर