बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

सहकारीले महिलालाई आर्थिकरूपमाआत्मनिर्भर बनाएको छ : मुख्य मन्त्री कार्की

बुधवार, चैत २१, २०८०
विराटनगर । कोशीकामुख्यमन्त्री केदार कार्कीले सहकारीले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाएको बताउनु भएकोछ । ६७ अ‍ौं राष्ट्रिय सहकारी दिवसको अवसरमामूल समारोह समितिले मोरङमामंगलबार आयोजना गरेको कार्यक्रममा मुख्य मन्त्री कार्कीले महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर रहेको सहकारी क्षेत्रका साथै समग्र मुलुकको नै अर्थतन्त्र धारासायी बनाउने षडयन्त्र भइरहेको बताउनु भएको हो । बैंक, लघुवित्त, सहकारी र साहुमहाजनको ऋणतिर्न नसक्नेहरूलाई कस्ले हिँडाउँदै काठमाडौं पुर्याइरहेका छन् ? उहाँले भन्नुभयो, झकाठमाडौं पुग्न बस भन्दा बढी खर्च हिँडेर जान लाग्छ । ऋण तिर्ने पैसा नहुनेलाई त्यो खर्च कसले दिँइरहेको छ । यो मुलुकको अर्थतन्त्र धारासायी बनाउनेहरूले यस्तो गरिरहेको स्पष्ट छ । त्यसैले यी यस्ता आफ्नै खुट्टामा बञ्चरो हान्ने गलत क्रियाकलापमा नलाग्न मुख्यमन्त्री कार्कीले सबैलाई आग्रह गर्नु भएको छ । सहकारी डुब्न लागेको सुन्ने बित्तिकै सबै बचतकर्ताले बचत माग्न थालेपछि सहकारी डुब्ने गरेको होइन, उहाँले भन्नु भयो, सहकारीले विपन्न वर्गका साथै महिलाहरूको जीवनस्तर परिवर्तन भइरहेकोले आफूलाई भनाउँदाहरूको समाजमा मान घटेको छ । त्यसैले पनि सहकारीलाई बदनाम गराउने अनेकौं खेल भइरहेको छ, त्यसबाट सचेत हुनु पर्छ । मधेसमा मिटरब्याजीको हल्लाले बिपन्न परिवारले घरमा कोही बिरामी हुँदा पनि पैसा दिने कोही नभएकाले अकालमा ज्यान गुमाउनु पर्ने अवस्था रहेको मुख्यमन्त्री कार्कीले बताउनु भएको हो । महिलाहरूको सक्रियताले गाउँका सहकारीहरू फष्टाइरहेको छ । त्यसैले सर्वसाधारणको जीवनस्तर परिवर्तन गर्ने सहकारीलाई प्रदेश सरकारले प्रोत्साहन गर्ने र भठ्ठीमा बेलुकागएर सहकारी डुबाउनेहरूको सूचीप्रदेश सरकारले तयार गरिसकेकाले अब चाँडै कारबाहीको दायरामा ल्याउने उहाँले बताउनु भएको छ । सहकारीमा आबद्ध भएकोले विपन्न वर्ग साहू महाजनको ऋण बाट मुक्त भएको छ, उनले भने, झकेही सहकारीको मालिक नै चोर भएकाले सहकारी क्षेत्र बद्नाम भइरहेको छ । मोरङमा १हजार ४० सहकारीमा २७७ प्रदेशमातहत र ७३३ पालिकाले हेर्छ । जसमा ४ लाख ४३ हजार सेयर सदस्य र २९ अर्ब सेयर पूँजी रहेको प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयले जनाएको छ ।
सम्बन्धित खबर