बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

नेपालीहरुको विदेश पलायनलाई रोक्नुपर्छः अभिनेता सौगात मल्ल

मङ्गलवार, चैत २०, २०८०
अभिनेता सौगात मल्लले नेपालीहरु विदेश पलायन हुनेक्रम रोक्न आवश्यक रहेको बताउनुभएको छ । मंगलवार चलचित्र ‘द रेड सुटकेश’ को ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूसँग अध्ययन गर्दाका साथीहरु अहिले नेपालमा नरहेको भन्दै दुःख लाग्ने गरेको बताउनु भयो । उहाँले आगामी केही वर्षपछि नेपालको अवस्था कस्तो हुन्छ भन्ने सोचेर झस्किने गरेको बताउनु भयो । उहाँले राज्यले नै आवश्यक नीति नियम बनाएर युवा पलायनको अवस्थालाई रोक्न जरुरी रहेको बताउनु भयो । युवाहरु विदेश पलायन भइरहेको अवस्थालाई राज्यले बेवास्ता गरिरहेको बताउनु भयो । उहाँले विदेश पलायन भइरहेको विषयलाई राज्यले के फरक पर्ला र ? भन्ने ध्येयका साथ लिने गरेको दुःखेसो गर्नुभयो ।
सम्बन्धित खबर