बुधवार, असोज ३०, २०८१
Sancharmanch

इलाम-२ मा रास्वपाको उम्मेदवारी घोषणा

शनिवार, चैत १७, २०८०
काठमाण्डौ ।   आउँदो वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधि सभाको उपचुनावका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी घोषणा गरेको छ । पार्टी सभापति रवि लामिछानेसहितका नेता इलाम पुगेर मिलन लिम्बुलाई उम्मेदवार घोषणा गरेका हुन् । यसैबीच उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले भयरहित वातावरणमा मतदान हुने व्यवस्थाका लागि सुरक्षासहित सबै प्रबन्ध मिलाउन निर्देशन दिनुभएको छ । उहाँले जिल्ला प्रशासन कार्यालय पुगेर चुनावको तयारीबारे जानकारी लिनुभयाे । एउटै निर्वाचन क्षेत्रमा हुने भएकाले उपचुनावको तयारी र सुरक्षासहितका प्रबन्धमा स्रोतसाधनको अभाव नहुने र तयारीदेखि परिणाम घोषणासम्म विश्वसनीय योजना बनाउन गृहमन्त्री लामिछानेले निर्देशन दिनुभएको हो । यस्तै इलाममै आयोजित अन्तरक्रियामा गृहमन्त्री लामिछानेले तस्करी नियन्त्रण र राजश्व चुहावट नियन्त्रणको कुरामा गृह मन्त्रालय निर्मम भएको बताउनुभएको छ । उहाँले सीमा वा विमानस्थलमा जहाँ भए पनि तस्करी नियन्त्रण, राजश्व चुहावट नियन्त्रणको कुरामा गृह मन्त्रालयले निर्मम भएर काम गरिरहेको दावी गर्नुभयो ।
सम्बन्धित खबर