बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

प्रेस सेन्टर नेपाल झापाले आसन्न नेपाल पत्रकार महासंघ झापाको निर्वाचनलाई केन्द्रित गरी उपसमितिहरु गठन गर्यो

शुक्रवार, चैत १६, २०८०
बिर्तामोड, प्रेस सेन्टर नेपाल झापाले आसन्न नेपाल पत्रकार महासंघ झापाको निर्वाचनलाई केन्द्रित गरी बिर्तामोडमा बुधबार बैठक सम्पन्न गरेको छ । सेन्टरका झापा अध्यक्ष राजु पाठकको अध्यक्षता तथा केन्द्रीय सचिवालय सदस्य दिपिन राई, केन्द्रीय सदस्य लीलाराज झापालीको आतिथ्यमा भएको बैठकले निर्वाचन लक्षित विभिन्न उपसमितिहरु गठन गरेको छ । बैठकले निर्वाचन परिचालन, अनुगमन उपसमिति सहित विभिन्न उपसमिति गठन गरेको हो । सेन्टरका झापा अध्यक्ष राजु पाठकको संयोजकत्वमा गठित निर्वाचन परिचालन तथा वार्ता समितिमा पुष्प खड्का र झुलन रेग्मी सदस्य रहनु भएको छ । त्यस्तै, केन्द्रीय सचिवालय सदस्य दिपिन राईको संयोजकत्वमा गठित अनुगमन उपसमितिमा लीलाराज झापाली र उद्धव पुरी सदस्य रहेका रहनु भएको छ । सेन्टरले प्रकाश उप्रेतीको संयोजकत्वमा २५ सदस्यीय प्रचार–प्रसार समिति गठन गरिएको सचिव पुष्प खड्काले जानकारी दिनुभयो । बैठकले आसन्न महासंघको निर्वाचनका लागि सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने समेत निर्णय गरेको छ ।
सम्बन्धित खबर