बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

होली खेलेर सुनकोशीमा नुहाउने क्रममा बगेका तीनमध्ये दुईजना बालबालिका मृत भेटिए

बुधवार, चैत १४, २०८०
काठमाण्डौ ।  होली खेलेर सुनकोशीमा नुहाउने क्रममा बगेका उदयपुरको त्रियुगा नगरपालिका–१४ साउनेका तीनजना बालबालिकामध्ये दुईजना मृत भेटिएका छन् । साउनेको धाप्लाङदेखि छ किलोमिटर तल सूर्यढुंगामा आज बिहान १२ वर्षीया रेखा मगरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । बिहान माछा मार्न गएका स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । हिजो आठ वर्षका रिदम मगरको शव घटनास्थलदेखि एक हजार चार सय मिटर तल घिर्लिङमा फेला परेको थियो । १४ वर्षीय लोकबहादुर मगर अझै बेपत्ता छन् । तीन दिनअघि होली खेलेर सुनकोशीमा नुहाउन जाँदा उनीहरु बगेका थिए ।
सम्बन्धित खबर