बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

जेष्ठनागरिक सम्मानसहित उर्जाशील रामधुनी आमा समूहले अमन शाहलाई दियो राहत

मङ्गलवार, चैत १३, २०८०
झापा/  बिर्तामोड नगरपालिकामा स्थापना भएको उर्जाशील रामधुनी आमा समूहले आइतबार बिपन्न साथै असक्त अमन शाहलाई सहयोग गरेको छ । फागु पूर्णिमाको अवसरमा शुभकामना आदान प्रदान साथै विपन्न लक्षित सहयोग कार्यक्रमको आयोजना गरेर सहयोग गरेको हो । विर्तामोड नगरपालिक वडा नं. ४ का १०३ वर्षिय जेष्ठ नागरिक हरि प्रसाद संग्रौलालाई घरमै पुगेर सम्मान गरेको छ । आमा समुहले राम्रो काम गरिरहेको बताउँदै समाज रुपान्तरणमा सकृय भुमिका निर्वाह गरेको विर्तामोड नगरपालिका नगर कार्यपालिका सदस्य निर्मला गजमेरले बताउनुभयो । समुहले अमन शाहलाई चामल, साबुन, कपडा, खाने तेल, बाल बच्चाका लागि आवश्यक शैक्षिक सामग्री साथै नगद रु पाँच हजार सहयोग गरेको छ । होली पर्वलाई बाहाना मात्र बनाएको बताउँदै सहयोग हस्तानतरणको कार्यक्रमलाई प्राथमिकतामा राखेको समुहकी अध्यक्ष गंगा सिवकोटी ढकालले बताउनुभयो । समुहले होली बिषेस कार्यक्रमको नाम दिएर सहयोगको कार्यक्रमको आयोजना गरेको बताउँदै समुहले छोटो समयमा राम्रा राम्रा कामहरु गरेको तारा नमस्ते बाल आश्रमकी सञ्चालक यसोदा चापागाई पोख्रेलले बताउनुभयो । तारा नमस्ते बाल आश्रमले सडकमा भएका बालबालिकाहरुलाई आश्रय दिएर मायाँ ममता दिएर उनिहरुको भाग्य र भविश्य उज्वल बउान लागि परेको बताउँदै आगामि दिनमा सहयोगका लागि स्थानिय सरकारसँग समन्वयका लागि भुमिका निर्वाह गर्ने बिर्तामोड नगरपालिका वडा नं. ४ का निबर्तमान अध्यक्ष कुल प्रसाद संग्रौलाले बताउनुभयो । बिर्तामोडकी प्रकृति पाठक उप्रेतीले अमेरिका पुगेर रोजगारी बाट कमाएको पहिलो पारिश्रमीक मार्फत विपन्न सहयोग कार्यक्रमका लागि योगदान गर्नु भएको बुझिएको छ । प्रकतिकी आमा शुशिला पाठकले छोरीले पठाएको रकम बाट समुहमा मार्फत दाहिने हात तथा खुट्टामा समस्या भई असहज अवस्थामा रहेका अमन शाहलाई सहयोग गर्नु भएको छ । समुहले खुसीको क्षणमा दुःखमा परेका नागरिकहरुलाइृ सहयोग गरेको बताउँदै यस संस्थाको साथमा रहेर आफु पनि अगाडि बढ्ने प्रमुख अथिति विर्तामोड नगरपालिका वडा नं. ५ का अध्यक्ष रोहित प्रसाईले बताउनुभयो । आमा समुहकी अध्यक्ष गंगा सिवकोटी ढकालको अध्यक्षता रहेको कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं. ५ का अध्यक्ष रोहित प्रसाईको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रम संस्थाकी सदस्य शुसिला खरेल पाठकले संयोजन गर्नु भएको थियो भने सह संयोजकमा समुहकी कोषाध्यक्ष नैना चौधरीले भुमिका निर्वाह गर्नु भएको थियो । संस्थाकी सदस्य शरिता थपलिया सिवाकोटीले सञ्चालन गर्नु भएकोकार्यक्रमलाई संस्थाकी सदस्य समृद्धि लुइटेल थापाले स्वागत गर्नु भएको थियो ।
सम्बन्धित खबर