बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

बिर्तामोड सफाईमा सफल भयो निराकार सफाई सेवा प्रा.लि.

मङ्गलवार, चैत १३, २०८०
झापा/ झापाको बिर्तामोडमा सफाईको जिम्मेवारी पाएको निराकार सफाई सेवा प्रा.लि.ले नगरको फोहोर ब्यवस्थापनमा उत्कृष्ट कार्यसम्पादन गरिरहेको छ । कम्पनीले बिर्तामोडको मुख्य चोक हुँदै बजार क्षेत्रका हरेक गल्लि सम्म पुगेर सफाईको उत्कृष्ठ उदाहरण पेश गरिरहेको छ । केहि स्थानिय नागरिकहरुको राम्रो साथ र सहयोग पाएको निराकारले सफाईका लागि आवश्यक ब्यवस्थापन गरेर अगाडि वढेको छ । कम्पनिका कर्मचारीले बाटोमा फालिएका गुट्खा, देखि चक्लेटका खोल सम्म उठाउदै गरेको हामिले भेटेका छौँ । सफाइका बारेमा पछिल्लो समय सरसफाइमा काम गरिरहेको कम्पनिले घर घर बाट उत्सर्जन गरेको फोहोर समयमै उठ्ने गरेको बताउँदै बिर्तामोड ५ का स्थानिय सिएम खनालले सरोकार वाला निकायहरुले समेत साथ र सहयोग गरेर अगाडि वढ्नु पर्ने बताउनु भयो । स्थानिय ब्यवसायीहरु समेत अहिले निराकारको काम देखेर खुसी भएका छन । तर केहि ब्यवसायीहरुले सरफाइको काम सकिए पछि जथाभाबि फोहोर फालिदिदा केहि समस्या भने देखिएको छ । कतिपय ब्यवसायीहरुले सफाईका कर्मचारीहरुले काम सकेर हिँडिसकेपछी बाटोकिनारामा फोहोर फाल्ने, संकलन गरेर राखिएको फोहोरमा आगो लगाउने, बाटोसँग जोडिएका होटलहरुको फोहोर बिजुलिको खम्बाको आडमा फालिदिने जस्ता कृयाकलापहरुका कारण पूर्ण सफाइमा भने समस्या थपिएको छ । जसका लागि नगरपालिकाले एक कानुनको निर्माण गरेर जथाभावी फोहोर फाल्ने साथै जलाउने ब्यक्तिहरुलाई नगद जरिवानासहितको कारवाहिका लागि नगर प्रहरी परिचालन गरेको खडमा केहि हदसम्म समस्या समाधान हुने देखिन्छ । विर्तामोडमा सरसफाईका क्षेत्रमा हाल देखिएको प्रगतिका सन्दर्भमा वडा नं. ३ का अध्यक्ष मदन बुढाथोकीले राम्रो काम भइरहेकोमा प्रशंसा ब्यक्त गर्नुभयो। बिर्तामोड भएर जाने पूर्व पश्चिम राजमार्गको नाला ब्यवस्थापनमा कम्जोरी भएका कारण फोहोरको कारण नाला जाम हुने, स्थानिय ब्यवसायीहरुले आफ्नो पसल वढारेर फोहोर नालामा हालिदिने लगायतका गतिविधकिा कारण अर्को समस्या थपिएको छ । यो समस्या समाधानका लागि बन्न लागेको एसियन हाइवेको संरचनाले बजार क्षेत्रमा उपर्युक्त ढल ब्यवस्थापन गर्दै अगाडि वढ्नु पर्ने आवश्यकता देखिन्छ । बिर्तामोड नगरपालिका भित्र फोहोर ब्यवस्थापन गर्ने स्थानको अभाव भएका कारण बिगतमा धेरै अफ्ठ्याराहरु रहेको नगर प्रमुख पबित्रा देवी महतरा प्रसाईले बताउनुभयो । बिगतमा फोहोर ब्यवस्थापन गर्ने ठाउँको अभावमा रुमलिएको निराकारले हाल भने बिर्तामोडलाई सुन्दर बनाउने अभियान स्वरुप विभिन्न क्षेत्रमा काम गरिरहेको छ । दिन प्रतिदिन युवाहरु बिदेसिने लहर चलिरहेको सन्दर्भमा बिर्तामोड भित्र बसोबास गर्ने ४५ जना युवा, युवतीहरुलाई रोजगारीको ब्यवस्थापन गरेर निराकारले बिर्तामोडको मुहार परिवर्तनमा जिम्मेवारीपूर्ण भुमिका निर्वाह गरिरहेको छ ।
सम्बन्धित खबर