बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

झापाको बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

मङ्गलवार, चैत १३, २०८०
काठमाडौं । सर्वोच्च अदालतले झापाको बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएको छ । यो कलेज मेडिकल व्यवसायी दुर्गा कलेजले सञ्चालनमा ल्याएका हुन् । न्यायाधीशहरू डा. कुमार चुडाँल तथा सारङ्गा सुवेदीको इजलासले प्रकृया पुरयाएको भए बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो । यो आदेशसंगै अब प्रसाईंलाई मेडिकल कलेज सञ्चालन गर्ने बाटो खुला भएको छ । सर्वोच्च अदालतले रिट निवेदककै पक्षमा रिट जारी गरेकाले अब दुर्गा प्रसाईँको लगानीमा रहेको झापाको बी एण्ड सी मेडिकल कलेजले एमबीबीएस अध्यापन गराउन पाउने बाटो खुलेको छ । मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट एलओआई पाएर संरचना निर्माण गरे पनि सरकारले अनुमति नदिएको भन्दै झापाको बी एण्ड सी मेडिकल कलेजको तर्फबाट व्यवसायी दुर्गा प्रसाईँले सर्वोच्चमा रिट दायर गरेका थिए । सोमवार रिट जारी भए पनि संक्षिप्त आदेश नआएको कारण फैसलामा के कुरा उल्लेख भएको छ भन्ने स्पष्ट भएको छैन । तर, निवेदककै पक्षमा रिट जारी भएकाले अब कानुनी प्रक्रिया पूरा गरेर मेडिकल कलेज सञ्चालन गर्ने बाटो खुलेको छ ।
सम्बन्धित खबर