बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

बुद्धशान्ति बुधबारे तल्लो चोकमा बुद्धशान्ति हेल्थ एण्ड वेलनेस सेन्टर खुल्यो

शुक्रवार, चैत ९, २०८०
झापा/झापाको बुद्धशान्ति गाउँपालिकामा बुद्धशान्ति हेल्थ एण्ड वेलनेस सेन्टर सन्चालनमा आएको छ । बुद्धशान्ति गाउँपालिका वडा नं ३ मा रहेको बुधबारे तल्लो चोकमा फिजियोथेरापी तथा ल्यावको सेवा सन्चालनमा आएको हो । बुद्धशान्ति हेल्थ एण्ड वेलनेस सेन्टर वाट ढाड दुख्ने नसा च्यापिएको प्यारालाईसेस मुख वाङ्गिएको लगायत हरेक किसिमका दुखाई अन्य थेरापि सम्बन्धि विरामी हरू यहाँ वाट सेवा लिन विर्तामोड भद्रपुर काकरभिट्टा लगायत अन्य ठाउँ जानू पर्ने समस्या लाई मध्यनजर गरेर बुद्धशान्तिमा यो सेवा सन्चालन गरिएको फिजियोथेरापीका डाक्टर तिवेन्द्र आचार्यले बताउनु भयो । ७० लाखको लगानिमा सन्चालन भएको यस फिजियोथेरापी सेन्टरले चैत महिना भर सेवामा ३०% छुट दिने ब्यवस्था रहेको सन्चालक केशब खुलालले बताउनु भयो । उत्घाटन कार्यक्रममा आफ्ना भनाई राख्दै प्रमुख अतिथि मनोज प्रसाइले भन्नू भयो अहिलेका युवाहरू विभिन्न कामको शिलशिलाले वाहिरिएको अवस्थामा युवाहरूकै सहकार्यमा आफ्नो पालिकामा फिटनेस सेन्टर खुलेकोमा खुसी ब्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै अध्यक्ष प्रसाईले पालिकाले सञ्चालन गरेको बुद्धशान्ति अस्पतालसग सहकार्य गरेर अगाडि बढ्नु पर्ने धारणा राख्नु भयो । थेरापी सेन्टर बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईको प्रमुख आतिथ्यतामा रिवन काटेर उत्घाटन भएको भएको थियो ।  
सम्बन्धित खबर