बुधवार, असोज ३०, २०८१
Sancharmanch

नव निर्वाचित अध्यक्ष निरज कुमार ओलीलाई कृषि बजार व्यवस्थापन समितिको पद हस्तान्तरण

शुक्रवार, चैत ९, २०८०
झापा/ झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ५ मा रहेको कृषि बजार व्यवस्थापन समितिको पद हस्तान्तरण सम्पन्न भएको छ । मंगलबार आयोजित एक कार्यक्रमका बिच पद हस्तान्तरण सम्पन्न भएको हो । समितिको गत शनिबार सम्पन्न निर्वाचनबाट कृषक तर्फ का प्रतिनिधी निरज ओली अध्यक्षमा निर्वाचित हुनुभएको थियो । कार्यक्रममा बोल्दै पौडेलले आफ्नो कार्यकालमा गरेका कामका विवरण प्रस्तुत गर्नुका साथै आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने समितिका सदस्य तथा सम्पूर्ण शुभेच्छुकहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो । कार्यक्रममा बोल्दै कृषि थोक बजारका संस्थापक अध्यक्ष साथै विर्तामोडलाई शहरीकरणका लागि योगथदान गर्नु भएका हर्कलाल गिरीले कृषि थोक बजार बिस्तारको इतिहाँस बताउँदै आफ्नो कार्यकालमा भएका गतिविधिका बारेमा जानकारी दिनुभयो । बिर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाईले जग्गा दातालाई स्मरण गर्दै हर्कलाल गिरीको योगदानको उच्च मुल्याङ्कन गर्नु भयो । बृषि थोक बजार भित्रको समस्या समाधानमा सवै सरोकारवाल निकायले सहयोग गर्न जरुरी रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै बिर्तामोड नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बजार अव्यवस्थित रहेकाले गुरुयोजना मार्फत बजारलाई आधुनिक र व्यवस्थित बनाउनुपर्ने धारणा राख्नु भयो । बजार समाजसेवी रामबाबु प्रसाईले दिएको ४ विगाह ३ कठ्ठा क्षेत्रफलमा फैलिएको छ । पद हस्तान्तरण पश्चात कृषि थोक बजार ब्यवस्थित गर्नका लागि नव निर्वाचित अध्यक्ष निरज कुमार ओलीले सबैको साथ सहयोगको अपेक्षा गर्दै सहयोगहिरुलाई धन्यबाद दिदै सबैजनालाई साथ साथै अगाडि वढ्नु पर्ने धारणा राख्नुभयो । कार्यक्रममा निवर्तमान अध्यक्ष कमल पौडेलले यस आर्थिक वर्षको हाल सम्मको आम्दानी १ करोड ४४ लाख ३२ हजार १ सय ६९ रुपैयाँ ४९ पैसा मध्ये १ करोड १७ लाख ६ हजार २ सय ३४ रुपैया ४९ पैसा खर्च गर्दै बचेको २७ लाख २५ हजार ९ सय ३५ रुपैयाँ बैंक मैजाद सरहत नवनिर्वाचित अध्यक्ष ओलीलाई माइन्युट हस्तान्तरण गर्नु भएको थियो ।
सम्बन्धित खबर