बुधवार, असोज ३०, २०८१
Sancharmanch

नेपाली कलाकारीता क्षेत्रका बिश्व बिद्यालय ‘मह’ जोडिलाई ‘आदर्श नागरिक सम्मान–२०८०’

बिहिवार, चैत ८, २०८०
झापा/ हाँस्य ब्यङ्ग्य इतिहाँसकै लोकप्रिय साथै सदाबहार कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई बुधवार सम्मान गरिएको छ । जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले बिर्तामोडमा महजोडी रुपमा परिचित कलाकार श्रेष्ठ र आचार्यलाई ‘आदर्श नागरिक सम्मान–२०८०’ प्रदान गरेको छ । प्रतिष्ठानले पहिलो पटक यो सम्मान तथा पुरस्कार प्रदान गरेको प्रतिष्ठानका सचिव लक्ष्मण ढकालले जानकारी दिनुभयो । महजोडीका उपनामले सुप्रशिद्ध दुबै जनालाई संयुक्त रुपमा १ लाख ११ हजार १११ रुपैंयाँ पुरस्कार र सम्मानपत्रसहित सम्मान गरिएको हो । भारतको दार्जिलिङका प्रख्यात नाटककार साथै गितकार चन्द्रशेखर अर्थात सिके श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा उहाँलाई समेत सम्मान गरिएको थियो । पुरस्कृत प्रतिभा हरिबंश आचार्यले मदनकृष्ण श्रेष्ठ र आफुबीचको मित्रताको उदाहरण मरणोपरान्त पनि सम्झन लायक बनाउने प्रतिबद्धता जाहेर गर्नुभयो । उहाँले आफु आदर्श नागरिक भएको थाहै नपाई यस्तो पुरस्कार पाएकोमा खुशी ब्यक्त गर्दै मदनकृष्ण श्रेष्ठसँगको ४४ बर्षको सहयात्राले आफुलाई यो स्थानमा पु¥याएको बताउनुभयो । साथै उहाँले मित्रताको दीर्घकालिन नमुना हुन पाएकोमा गौरव महसुस हुने गरेको बताउनुभयो । नेपाली कलाकारीताको क्षेत्रका बिश्व बिद्यालय अर्का कलाकार मदनकृष्ण श्रेष्ठले हरिबंश आचार्य आफुले हालसम्म पाएको मध्ये पनि सबैभन्दा ठुलो पुरस्कार रहेको बतानुभयो । उहाँले आदर्श नागरिक सम्मानका रुपमा आफुलाई सम्मनित गरेकोमा आयोजकलाई धन्यवाद दिएका दिनुभयो । पुर्ण–टुङग स्मृति प्रतिष्ठानको आर्थिक सहयोगमा भएको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतको अध्यक्षता रहेको थियो भने कार्यक्रमको सञ्चालन प्रतिष्ठानकी सह–सचिव, सञ्चारकर्मी साथै प्राध्यापक स्वस्तिका आचार्यले गर्नुभएको थियो ।
सम्बन्धित खबर